Comments Add Comment

‘जात्रै जात्रा’को छायांकन स्थलमा जाने क्रममा विपिन घाइते

फागूण १७ गतेलाई प्रदर्शन मिति तोकेर छायांकन भैरहेको चलचित्र ‘जात्रै जात्रा’को निर्माणपक्षका लागि चिन्ताको बिषय थपिएको छ । चलचित्रका मुख्य कलाकार नायक विपिन कार्की छायांकन स्थलमा जाने क्रममा आज बिहान कालिमाटीमा दुर्घटनामा परेका छन् । जसलेगर्दा, चलचित्रको छायांकन केही दिन प्रभावित हुने देखिएको छ ।

कलंकीमा विपिन चढेको मोटरसाइकललाई अर्को मोटरसाइकलले ठक्कर दिएको थियो । विपिनको खुट्टामा चोट लागेको निर्देशक प्रदिप भट्टराइले बताए । उनले भने–‘बिहान एक्सरे गर्दा खुट्टा भाँचिएको देखिएको छ । अन्य जानकारी केही समयपछि थाहा हुनेछ ।’

विपिन घाइते भएपछि यसका निर्देशक भट्टराई, निर्माता रविन्द्र सिंह बाँनिया केही तनावमा देखिएका छन् । चलचित्रको टिजर सार्वजनिक गरेर यसको छायांकन आरम्भ गरिएको थियो । चलचित्रमा रविन्द्र झा, रविन्द्र सिंह बाँनिया, बर्षा राउत र दयाहाङ राई मुख्य भूमिकामा छन् । चलचित्रको छायांकन असन, इन्द्रचोक र बौद्धमा भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment