Comments Add Comment

ट्वाइलेट सम्बन्धी रोचक तथ्य

शौचालय जानु हाम्रो दैनिक जिवनको अभिन्न हिस्सा हो । १९ नोभेम्बरमा विश्वभर शौचालय दिवस मनाइन्छ । यो वर्षको विश्व शौचालय दिवसको नारा जब प्रकृतिले बोलाउँछ भन्ने रहेको छ ।

विश्वमा दिवस नै मनाइने हाम्रो दैनिकीको यो अभिन्न अंग शौचालयका बारेमा अनेक रोचक तथ्यहरु छन्, जुन यस्ता छन्:

· हामी हाम्रो जिवनकाल भरीमा ६ महिना ट्वाइलेट दिशा पिसाब गर्नमा बिताउछौँ ।

· ट्वाइलेट सिटमा भन्दा कम्प्युटरको किबोर्डमा दोब्बर धेरै ब्याक्टेरियाको बास हुन्छ । त्यस्तै ट्वाइलेट सिटमा भन्दा मोबाइल फोनमा १८ गुणा धेरै ब्याक्टेरिया हुन्छन् ।

· ट्वाइलेटमा एक पटक फ्लस गर्दा झण्डै ६ लिटर पानी खर्च हुन्छ ।

· विश्वमा अहिलेसम्मकै पूरानो ट्वाइलेट कमोड स्कटल्याण्डमा फेला परेको छ । त्यो करीब ५ हजार वर्ष पूरानो हो ।

· सामान्य अवस्थामा भन्दा मोबाइल लिएर ट्वाइलेट जाँदा ट्वाइलेटमा धेरै समय खर्च हुन्छ ।

· विश्वमा ट्वाइलेटमा भन्दा मोबाइलमा मानिसको पहुँच बढि छ । ट्वाइलेटको पहुँच नभएका ३५ प्रतिशत मानिसको हातमा मोबाइल फोन रहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment