Comments Add Comment

जिन्सको नयाँ ट्रेन्डः कसरी छनौट गर्ने आफ्नो शरीर अनुसार ?

जिन्स, सदाबहार पहिरन । न पुरानो हुन्छ, न नयाँ । सधै एकनास । जिन्स, जुन उमेर समूहका लागि पनि उपयुक्त हुन्छ । बालकदेखि बुढोसम्म । जसले, जसरी लगाएपनि जिन्समा खोट देखाउन सकिदैन । तपाईं काम गर्दा लगाउन सक्नुहुन्छ, कार्यलय धाउदा पनि । क्याजुअल, र्फमल सबै रुपमा ।

जिन्सको अर्को खास गुण भनेको, यो टिकाउयुक्त हुन्छ । बलियो । जिन्स जति पुरानो भएपनि, ठाउँ-ठाउँ च्यातिएपनि लगाए हुन्छ । त्यसैले अहिले यस्ता व्यक्ति सायदै होलान्, जसको दराजमा जिन्स छैन ।

हलिउड अभिनेत्री क्यामरन मिशेल डिएजले एक अन्र्तवार्तामा भनेकी थिइन्, ‘मेरो समस्या अरु युवतीको जस्तै छ । पुरा दराज कपडाले भरिएको छ । तर, लगाउने बेला कुनैपनि उपयुक्त लाग्दैन । यस्तो अवस्थामा म झटपट जिन्स छनौट गर्छु ।’

‘ब्लू जिन्स’का लेखक मानवशास्त्री डेनी मिलार भन्छन् कि, जिन्स हरेक ठाउँमा छ । यो आफ्नो सरलताको कारण विश्वभरका देशमा लगाइन्छ ।

सत्य के पनि भने, यो १९ औं शताब्दीमा अमेरिकामा बनाइएको जिन्स अहिले विश्वभर लगाउने गरिन्छ । क्याजुअल वेयरको दुनियामा क्रान्ति ल्याएका ब्लू डेनिम्ससँग अहिले कसैले प्रतिस्पर्धा गर्न सक्दैन । तर, अहिले विश्वमा थरीथरी डिजाइन र रंगको जिन्स हावी हुँदै गएको छ । समयसँगै यसमा केही घतलाग्दा परिवर्तन भए ।

फ्लेयर्डदेखि रिप्डसम्म केही किसिमको स्टाइलयुक्त जिन्सको विकल्प उपलब्ध छ । अब यतिधेरै विकल्प छ भने आफ्नो रुपरंग एवं शारीरिक ढाँचा अनुरुप जिन्स छनौट गर्नु पक्कै सजिलो छैन । हाम्रो मनोविज्ञान के हुन्छ भने जति धेरै विकल्प हुन्छ, त्यसबाट मनलाग्दो छनौट गर्न उत्तिनै द्विविधाग्रस्त पनि ।

रिप्ड, श्रेडेड, वाश्ड वा र डेनिम हर किसिमको जिन्स उपलब्ध छ । र, यी जिन्स टप्स वा वाइट टि शर्टसँग लगाउने गर्छौ, जसको जिन्ससँग खास कम्बिनेसन मिल्दैन । त्यसैले कुन स्टाइल वा डिजाइनको जिन्ससँग के लगाउने भन्ने कुरामा केही जान्न आवश्यक छ ।

अक्सर पहिरन छनौट गर्दा हाम्रो गल्ती के हुन्छ भने, अरुलाई राम्रो देखिएपछि हामी पनि त्यस्तै खोज्छौं । अरु कसैले लगाएको लुगा सुहाएको छ भने हामीलाई त्यसले सुहाउँछ भन्ने मनोविज्ञान हामीसँग हुन्छ । अतः त्यसैको अनुसरण गरेर पहिरन खरिद गर्छौं, लगाउँछौं । अपेक्षाकृत नसुहाउन सक्छ । किन ?

किनभने कुनैपनि पहिरन आफ्नो रुपरंग र शारीरिक ढाँचा अनुरुप नै छनौट गर्नुपर्छ । कतिसम्म भने, आफ्नो प्रवृत्ति र पेशा/व्यवसायसँग पनि सुहाउँदो लुगा लगाउनु बढी उपयुक्त हुन्छ । यसरी आफ्नो शरीर, रुपरंग, प्रवृत्ति, पेशा/व्यवसायसँग मिल्दो पहिरन छनौट गर्न सकेमा मात्र सुहाउँदो देखिन्छ । साथसाथै हेक्का राख्नुपर्ने कुरा के पनि भने, अहिले पहिरनको के कस्ता ट्रेन्ड छ ? कस्तो पहिरन के सँग लगाउने ? इत्यादि ।

ट्रेन्डमा पाँच किसिमको जिन्स

अहिले बजारमा अनेकथरी डिजाइनका जिन्स छन् । त्यसमध्ये पनि पाँच स्टाइलको डिजाइन बढी चलेको छ ।

साइड सीम स्ट्राइप्स

जिन्सको खल्तीको भागमा अलग-अलग किसिमको स्ट्राइप्सवाला यो डिजाइन, यस सिजनमा खुब चलेको छ । अलग रंगको कपडकोको स्टि्रपदेखि एम्ब्रायडरीसम्म जिन्सको साइडमा लगाइएको हुन्छ । यसले तपाईंको खुट्टालाई लामो र छरितो देखाउँछ । यस किसिमको जिन्सलाई ग्राफिक टि शर्ट र वाइड स्निकर्ससँग लगाउन सकिन्छ ।

रंगीन डेनिम्स

कलर्ड जिन्सले हाम्रो लुक्सलाई ड्रामेटिक बनाउँछ । यदी तपाई चहकिलो रंग रुचाउनुहुन्छ भने, गुलाबी ओलिब्स जस्ता रंगयुक्त जिन्स छनौट गरौं । यस किसिमको जिन्सको प्याटेन्र्ड टप्स र चटक रंगको स्यान्डिलसँग लगाउनुपर्छ, बोल्ड देखिन्छ । यस सिजनमा कलर्ड जिन्समा स्ट्रेट फिटिङदेखि फ्लेयर्ड बटम चलनमा छ ।

डूडल्स र प्यार्टन्स

यदी तपाईंलाई कलात्मक चिजमा रुची छ भने यस सिजनको सबैभन्दा ट्रेन्डी डुडल्स र प्याटनर्सवाला जिन्स उपयुक्त हुन्छ । यो प्याटर्न र डूडल्स खासगरी स्थानिय कलाबाट प्रेरित छ । त्यसो त तपाईंले सादा जिन्स खरिद गरेर त्यसमा रुची अनुसारको प्यार्टन पनि बनाउन सक्नुहुन्छ । बजारमा थरीथरीका प्याच र प्यार्टन मिल्छ, जसलाई फेब्रिक ग्लुले टाँस्न सकिन्छ ।

एम्बेलिश्ड जिन्स

घर सजाउनदेखि फेसनसम्म डिआईवाईको चलन छ । तपाईले पनि यस ट्रेन्डलाई अपनाउन सक्नुहुन्छ । एम्ब्रायडरी, सिक्केन्ड वा प्याच वर्कबाट हामीले जिन्सलाई मनलाग्दो स्टाइलमा ढाल्न सक्छौं । एम्बेलिश्ड जिन्सका साथ भिन्टेज बाम्बर ज्याकट लगाएर पार्टी लुक पाउनुहोस् ।

डिस्ट्रेस्ट डेनिम्स

डिस्ट्रेस्ड डेनिम्स पछिल्लो केही सिजनमा निकै छाएको थियो । बलिउड स्टार्सले पनि यस ट्रेन्डलाई फलो गरे । अनुष्का शर्मादेखि स्टाइलिस्ट पि्रयंका चोपडासम्म क्याजुअल आउटिङका लागि डिस्ट्रेस्ड जिन्स लगाउन रुची राख्छन् । यदी तपाई क्रिएटिभिटी पनि हुनुन्छ भने, तपाईंले यस जिन्सलाई कलात्मक ढंगले आफैपनि रिप गर्न सक्नुहुन्छ । डिस्ट्रेस्ड जिन्स क्रम टप, लेदर ज्याकेटसँग कम्बिनेसन मिल्छ ।

शरीरको बनौट अनुसार छनौट गरौं

फेसनविज्ञहरु के भन्छन् भने, अहिले बजारमा थरीथरीका जिन्स छन् । तपाईं त्यही जिन्स छनौट गर्नुहोस्, जो सहज लाग्छ । आफ्नो शरीर अनुसार सुहाउँदो देखिन्छ । स्टाइलको चक्करमा असहज जिन्स छनौट नगरौं ।

अवरग्लास बडी सेप

यदी तपाईंको शरीरको आकार अवरग्लास जस्तै छ भने हाइ राइज जिन्सलाई क्रप टिशर्टसँग लगाउनुहोस् ।

एप्पल बडी सेप

एप्पल बडी टाइप छ भने, फ्लेयर्ड बूट कट जिन्स प्रयोग गर्न सक्नुहुन्छ । यसले तपाईको चौडा एवं फराकिलो काँध र पातलो कम्मरलाई सन्तुलित देखाउँछ ।

दुब्लो पातलो शरीरका लागि

यदी तपाईं दुब्लो-पतलो र होचो कदको हुनुहुन्छ भने, डिस्ट्रेस्ड ब्वाइप|mेन्ड जिन्सका साथ ग्राफिक टिशर्ट लगाउनुहोस् ।

पियर शेप्ड बडी

पियर शेप्ड बडी भएका महिलाहरुले मिड राइज मम  जिन्स लगाउनु उपयुक्त हुन्छ । यससँगै क्रप टप लगाउन सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment