Comments Add Comment

‘प्रसाद’लाई लिएर नम्रताको मनमा उत्साह र डर

मंसिर २१ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘प्रसाद’लाई लिएर नायिका नम्रता श्रेष्ठको मनमा डर र उत्साह दुबै छ । किनकी, चलचित्रको गीत र ट्रेलरलाई दर्शक र समिक्षकले निकै मन पराएपछि नम्रता उत्साहित पनि छिन् । तर, दर्शक र मिडियाले अपेक्षा गरेअनुसार पाएनन् भने के होला भन्ने डर पनि उनको मनमा छ ।

यसैले पनि नम्रता हिजोआज राम्रोसँग निदाउन सकेकी छैनन् । नम्रताले भनिन्–‘म हलमा गएर बस्दा पनि चलचित्रको ट्रेलरलाई लिएर दर्शकमा उत्साह खुबै रहेको पाएँ । यसले मलाई अत्यन्त खुशी बनाएको छ । तर, मनमा डर पनि छ । दर्शकले कतै सोचे जस्तो भएन भने के होला भन्ने पनि लाग्छ ।’

नम्रताले चलचित्रमा नायक विपिन कार्कीको श्रीमतिको भूमिकामा अभिनय गरेकी छिन् । सन्तान नभएपछि एक दम्पत्तीले भोग्ने पीडा र त्यसमा बाहिरी पुरुषको खेललाई चलचित्रले सम्वेदनशिल तरिकाले देखाएको छ । नम्रताले यो चलचित्रका लागि नक्कली कपाल लगाएकी थिइन् । तर, उनको गालामा रहेको कोठी पनि नक्कली नै हो । नम्रता कोठी राखेर हेर्दा राम्रो लागेपछि आफ्नो क्यारेक्टरमा नै त्यसलाई प्रयोग गरिएको बताउँछिन् ।

चलचित्रमा सधै नै भिन्न भूमिका गर्न रुचाउँने नम्रताले चलचित्रको बिषयमा दैनिक नै निर्देशक दिनेश राउतसँग कुरा हुने जानकारी दिइन् । दर्शकले दिएको प्रतिक्रियामा आफू उत्साहित रहेको उनको भनाई छ । चलचित्रमा विपिन कार्की र नम्रता श्रेष्ठ श्रीमान्–श्रीमतिको भूमिकामा छन् भने निश्चल बस्नेत विपिनको साथीको भूमिकामा छन् । सुवास थापाले यो चलचित्र निर्माण गरेका हुन् ।

 

तस्बिर सौजन्यः आर्यन बिमली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment