४ मङ्सिर, भद्रपुर । बालिका बलात्कार आरोपमा दमक नगरपालिका– ३ मा डेरा गरी बस्ने पाँचथर फाल्गुनन्द गाउँपालिका–६ का २५ वर्षीय दीपक धमाला पक्राउ परेका छन् ।
धमालाले एक बालिकालाई सोमबार राति ललाइफकाइ नजिकैको सामुदायिक वनमा लगेर बलात्कार गरेको आरोप लागेको छ । धमालालाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक अमर थापाले बताए ।
बालिकाको स्वास्थ्य परीक्षणका लागि मंगलबार मेची अञ्चल अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4