Comments Add Comment

बजाजको नयाँ शोरुम जीतपुर र गौरमा

४ मंसिर, काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत बितरक हंशराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडले बाराको जीतपुर र गौरमा आफ्नो नयाँ शोरुम संचालनमा ल्याएको छ ।

एचएच बजाजले आफ्नो कार्यलाई थप बढाउँदै पूर्ण सुविधा सहितको नयाँशोरुम “न्यु एसडिएस इन्टरप्राइजेर्ज’, जीतपुर (बारा) र “गुप्ता अटोमोबाईलस“ गौरमा संचालनमा ल्याएको हो । ग्राहकहरुका लागि उनीहरुले खरिद गरेको सामाग्रीको अधिकतम मूल्य भूक्तान गर्नकालागि सँधै प्रतिबद्ध रहेको कम्पनीको दावी छ ।

नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदकालागि सहज बनाउने छ । एचएच बजाजले कँहि कतैबाट पनि छिटो सुविधा पुर्याउने प्रयास गरिरहेको जनाएको छ ।

हंशराजहुलासचन्द एण्ड कम्पनीका जेनेरल म्यनाजेर योगेन गुरुङले भने, ‘ग्राहकहरुको बढ्दो मागका कारण एचएच बजाजलाई जीतपुर (बारा) र गौरमा नयाँ शोरुम स्थापना गर्न उत्साहित बनाएको हो, जसले ग्राहकहरुलाई विभिन्न फाइदा दिनेछ । एचएच बजाज देशभरी रहेका ग्राहकहरुकालागि उच्च गुणस्तरको सेवा प्रदान गर्न प्रतिबद्ध छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment