+
+
Shares

जंगलमा अर्धनग्न बनेर सुधाले किन गरिन् अात्महत्या ?

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर ४ गते २०:११

४ मंसिर, काभ्रे । पनौती–५, आइटी पार्क नजिकैको जंगलमा सोमबार बिहनै एउटी युवती रुखमा झुण्डिएको अवस्थामा भेटिइन् । स्थानीयले त्यो देखेलगत्तै प्रहरीलाई खबर गरे ।

केहीवेरमै खुल्यो, उनी पनौती–१२, भूमिडाँडा घर भइ हाल पनौती–५ आइटी पार्क नजिकै बस्दै आएकी २१ वर्षीया सुधा केसी रैछिन् ।

घरबाट करिब ३ सय मिटरको दूरीमा रहेको जंगलमा अर्धनग्न भएर उनी सलको पासोमा किन झुण्डिन् ? अहिले सर्वत्र चासोको विषय यही बनेको छ ।

आत्महत्या आफैंमा एउटा अस्वभाविक प्रक्रिया हो । तर, अर्धनग्न अवस्थामा आत्महत्या हुनुले यो घटनालाई अस्वभाविक मात्र बनाएन, शंकास्पद पनि बनायो ।

मुलुकभर बलात्कार र हत्याका घटना बढिरहेका वेला ब्रा र पेन्टी मात्रै लगाएर झुण्डिएको अवस्थामा शव भेटेपछि काभ्रे प्रहरी पनि चनाखो भयो ।

जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रहरी प्रमुख एसपी रविराज खड्का त्यसवेला विकट क्षेत्र डाँडापारिमा थिए । घटनाको गम्भीरतालाई हेर्दै प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपक गिरी घटनास्थलमा खटिए ।

इलाका प्रहरी कार्यालय, बनेपाका प्रहरी निरीक्षक निरञ्जन भट्टराई त्यसअघि नै घटनास्थल पुगिसकेका थिए । सुधाको शव नजिकै उनले लगाएको पाइन्ट, ज्याकेट, ट्राउजर लगायत पनि भेटियो ।

‘कर्तव्य, जबजस्तीकरणी वा त्यस्तै केही गम्भीर हो कि भनेर हामी पनि शंका नगरेको होइन’, गिरीले अनलाइनखबरसँग भने, ‘तर, त्यस्तो कुनै शंकास्पद विषय भेटिएन ।’

मृतककी आमासँगको कुराकानीका क्रममा घरमा विवाद गरेर उनी बाहिर निस्किएको खुल्यो । काभ्रेको बहुमुखी क्याम्पसमा बीए दोस्रो अध्ययरत सुधालाई सोमबार कलेज नजान आमा र पाहुना आएकी सानुआमाले सुझाएका थिए ।

एकादसी भएकाले घरमै बस्न उनीहरुले आग्रह गरेका थिए । तर, त्यतिमै उनीसँग विवाद भएको आमा स्वयम् बताउँछिन् ।

‘यस्तो देख्नु पर्ला भन्ने थाहा पाएको भए त किन भन्थें र !’, भावविह्वल हुँदै आमा भन्छिन् ।

उनका दाजु पवन केसीले आत्महत्या भएको स्वीकार गर्दै प्रहरीमा निवेदन पनि दिएका छन् । र, शवको पोष्टमार्टम समेत गरेर दाहसंस्कार गरिएको छ ।

यद्यपि, प्रहरीले भने अनुसन्धान रोकेको छैन । युवतीको मोबाइलमा भएका सामग्री र कल डिटेललाई केलाएर अनुसन्धान गरिरहेको प्रहरीको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?