+

क्यामरुनमाथि ब्राजिलको कठिन जित

२०७५ मंसिर  ५ गते ७:३१ २०७५ मंसिर ५ गते ७:३१
क्यामरुनमाथि ब्राजिलको कठिन जित

५ मंसिर, काठमाडौं । ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा क्यामरुनलाई पराजित गरेको छ ।

मंगलबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा ब्राजिलले क्यामरुनलाई १-० गोलअन्तरले पराजित गरेको हो ।

खेलको सुरुवाती समयमा नै नेयमार घाइते हुदै मैदानबाट बाहिरिएपछि ब्राजिल थप दबावमा आएको थियो ।

ब्राजिलको जितमा रिचर्लिसनले गोल गरे । उनले खेललको ४५औं मिनेटमा गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० गोलअन्तरले पछि परेको क्यामरुनले दोस्रो हाफमा गोल गर्ने अवसर पाएपनि सदुपयोग गर्न सकेन ।

खेल अवधिभर नियन्त्रणमा राखेको ब्राजिलले राम्रो अवसर खेर फाल्दा १-० गोलको कठिन जित निकालेको हो ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय