Comments Add Comment

तपाई पनि बच्चालाई आफुसँगै सुताउनुहुन्छ ?

बच्चासँग आमाबुवाको खास अट्याचमेन्ट हुन्छ । उनीहरु शारीरिक र भावनात्मक रुपले एकाकार हुन्छन् । त्यही कारण एकले अर्काको सामिप्यता खोज्छ । सँगै खाने, सँगै बस्ने, सँगै सुत्ने ।

अक्सर बच्चालाई आमाबुवाले आफुसँगै सुताउने गर्छन्, खासगरी हाम्रो समाजमा । आफ्नो शरीरमा लपेटेर वा अंगालोमा च्यापेर सुताउनुमा दुबैले आनन्द मान्छन् । यसरी बच्चालाई आमाबुवाले आफुसँगै सुताउनु राम्रो हो ?

किन एउटै ओछ्यानमा ?

महंगीको कारण आजभोली ठूला ठूला शहरमा धेरै परिवारलाई एउटै कोठामा गुजारा गर्नुपर्ने बाध्यता हुन्छ । यस्तोमा त झनै यो ठूलो समस्या हो ।

आमा वा बच्चा दुवैको स्वास्थ्यको लागि पनि बच्चालाई हुर्किसकेपछि अलग सुत्ने बानी बसाउनुपर्छ । यसले कैयौं लाभ हुन्छन् । बच्चाहरु अलग सुत्नाले आमाको स्वास्थ्य ठिक हुन्छ ।

बच्चाहरु आमासँग सुत्नाले आमालाई बारम्बार बच्चाको हात वा शरीर च्यापिने चिन्ता रहन्छ । आमा आरामले सुत्न पाँउछिन् भने बच्चा पनि पुरै विस्तरामा आरामले सुत्न सक्छन् जसले दुवैको स्वास्थ्यमा फाइदा गर्छ ।

साना बच्चालाई सँगै सुताउनुहोस्

कहिलेकाँही यस्तो पनि सुन्न सकिन्छ कि आमा गहिरो निन्द्रामा हुने कारण आमाको हात बच्चाको मुखमा पर्छ र सास रोकिएर बच्चाको मृत्यु हुन्छ । त्यसैले यदि आमा र बच्चा अलगअलग सुत्छन् भने आमा आरामले निदाउन सक्छिन् ।

आमाको लागि पनि निन्द्रा धेरै जरुरी छ । दिनभर काम गरेपछि निश्चिन्त भएर सुत्न आवश्यक छ ।

तर, बच्चालाई अलग सुताउनुको मतलब यो होइन कि नवजात शिशुलाई पनि अलग सुताउनुहोस् । यस्तो भन्नु र सोच्नु एकदम गलत हो । यस्तो गर्नु नवजात शिशुको लागि हितकर हुँदैन ।

प्राय साना बच्चाहरु राती चलेर सिरक वा ब्लाङ्केट हटाइदिन्छन् । त्यसैले आमा सँगै सुत्नाले आमाले उनीहरुलाई राती पनि ढाकिदिन्छिन र फेरि नवजातलाई जुन स्वभाविक गर्मी चाहिन्छ उसले आमाको शरीरबाट पाउन सकिन्छ ।

यस बाहेक सानो उमेरका बच्चाले छिटोछिटो आफ्नो विस्तरामा पिसाब गरिदिन्छन् । त्यस्तै उनीहरुलाई थोरै थोरै समयमा भोक लाग्छ । राती साथमै भएमा आमाले आरामले स्तनपान गराउन सक्छिन् ।

हुर्किएका बच्चालाई सँगै नसुताउनुहोस्

कम्तीमा पनि दुई तीन वर्षसम्मका बच्चालाई आफ्नो साथमा सुताउनु पर्छ । यस पछिको उमेरमा भने साना बच्चालाई आफ्नो पलङ नजिकै अर्को ओच्छ्यानमा सुताउनुपर्छ ।

रातमा बीचबीचमा उठेर उसलाई हेरिरहनुपर्छ र चिसो विस्तरामा पनि उनीहरुलाई सुताउनु हुँदैन ।

कति आमाले ७-८ वर्षसम्मका बच्चालाई आँफैसँग सुताउँछन् । यदि सबैभन्दा सानो बच्चा छ वा एक्लो छोराछोरी छन् भने लाडप्यारको कारण आमाहरुले उनीहरुलाई ११-१२ वर्षको उमेरसम्म पनि आँफैसँग सुताउँछन् ।

तर, यति ठूला बच्चालाई आँफैसँग सुताउनु आमा र बच्चा दुवैको लागि अहितकर हो ।

कसरी अलग सुत्ने बानी बसाउने ?

बच्चाको कोठामा उनीहरुलाई पढ्नको लागि मेच कुर्सी पनि लगाइदिनुहोस् । रातमा मधुरो प्रकाश दिने बल्ब उनीहरुको कोठामा बलिरहनु पर्छ । २-३ वटा सुन्दर आकर्षक क्यालेण्डर पनि यदि उनीहरको कोठामा टाँगिदिने हो भने राम्रो हुन्छ ।

यदि तपाईंले अब यो कोठा तिम्रो हो भनेर बताइदिनु भयो भने उनीहरु खुसी हुन्छन् । त्यहाँ उनीहरु आरामले पढाई पनि गर्छन् र उनीलाई कुनै समस्या हुँदैन ।

रातमा सुत्दा बीचको ढोका भने बन्द नगर्नुहोस् । एक पर्दा चाँही अवश्य राखिदिनुहोस् ताकी दुवै कोठा अलग होउन ।

अन्यथा बच्चाको मनमा तपाईंप्रति गलत भावना उत्पन्न हुन्छ र उनीहरुले तपाईंलाई आदर गर्न छोडिदिनेछन् । उनीहरु लुकीछिपी तपाईंलाई हेर्ने प्रयास पनि गर्न सक्छन् ।

तपाईंको एउटै बेडरुम मात्रै छ भने चाँही समस्या आउन सक्छ । यस्तो हालतमा कोठामा अस्थायी विभाजन गर्नुहोस् । एकापट्टी पतिपत्नीले आफ्नो विस्तरा लगाउनुहोस् र अर्को तर्फ बच्चाको विस्तरा लगाइदिनुहोस् ।

आजकाल २ भन्दा धेरै बच्चा परिवारमा हुँदैनन् । त्यसैले सानो परिवार हुने कारण यसरी विभाजन गरेर एउटै कोठामा पनि तपाईंले बच्चालाई अलग विस्तरा बनाइदिन सक्नुहुन्छ ।

अलग अलग सुत्न लाभदायक

बच्चाको विस्तरा अलग गरिदिनु शारीरिक र मानसिक दुवै नजरबाट लाभदायक छ । शारीरिक नजरबाट यसरी कि तपाईं आफ्नो पतिको इच्छाहरुको पूर्ती आरामले गर्न सक्नुहुन्छ ।

विवाहको एक प्रमुख उद्देश्य शारीरिक भोकलाई शान्त गर्नु पनि हो । प्रत्येक पति चाहे जति पनि थकित किन नहोउन रातमा आफ्नो पत्नीको संसर्ग अवश्य पाउन चाहन्छन् । यसले उनीहरुलाई मानसिक शान्ति मिल्छ र उनीहरु फेरि खुसी हुन्छन् ।

समयसमयमा दम्पति दुवैको शारीरिक इच्छा पुरा हुनुपर्छ । यसले दुवैमा ताजा र सन्तुष्टि प्राप्त हुन्छन् र उर्जा प्राप्त गर्छन् ।

उमेर बढ्दै जाँदा पनि धेरैजसो पुरुषहरु पत्नीसँग संसर्गको लािग तिव्र रुपले लालायित हुन्छन् । इच्छापूर्ती नहुँदा उनीहरुलाई रीस उठ्ने, झर्किने, र ससाना कुरामा पनि झगडा गर्न थाल्छन् ।

यसको प्रभाव पत्नीको साथसाथै ठूला हुँदै गइरहेको बच्चाहरुमा पनि पर्छ । परिवारमा मनमुटाव हुने स्थिती आउन सक्छ ।

धेरैजसो पत्नीहरु अब बच्चा ठूला भएका छन् यसैले अब पतिपत्नीले शारीरिक सम्बन्ध राख्न शोभा दिँदैन भन्ने सोच्छन् । तर, उनीहरुले यस्तो सोच्नु गलत हो । बच्चाहरु ठूला हुनुको मतलब यो होइन कि पतिपत्नीको सम्बन्ध नै समाप्त भएको छ ।

बच्चा हुर्कँदै गएपछि धेरैजसो नेपाली पत्नीहरु छिट्टै नै शारीरिक सम्बन्धबाट टाढा हुँदै जान्छन र आफ्नो सबै ध्यान घरगृहस्थी र बच्चामा लगाउन सुरु गरिदिन्छन् ।

यसले पति आफूलाई उपेक्षित महसुस गर्थ थाल्छन् र धेरै समय घर भन्दा बाहिर रहन सुरु गर्छन् । सुखी पारिवारिक जीवनमा यस्तो हुनु हुँदैन ।

यो स्थितीलाई टार्नको लागि तपाईंले सुरु देखि नै बच्चाहरुलाई अलग सुताउने बानी बसाउनु आवश्यक हुन्छ । यसले पतिपत्नीको सम्बन्ध सुमधुर बन्छ र बच्चाले पनि कुनै गलत धारणा बनाउँदैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment