Comments Add Comment

हर्लिक्स खाएर साँच्चै शक्ति बढ्छ ? उठ्यो यसको पोषक तत्वमाथि प्रश्न

बच्चाको शारीरिक तथा मानसिक विकास समूचित ढंगले होस् भनेर हामी बजारमा आएका विभिन्न खानेकुरा ख्वाउँछौं, जसमा थरीथरीका पोषकतत्व उल्लेख हुन्छ । के यस्ता खानेकुरामा उल्लेखित पोषक तत्व पाइन्छ ? के विज्ञापनमा भनिएजस्तै ति खानेकुराले बच्चाको शारीरिक र मानसिक विकासमा सहयोग गर्छ ?

यी प्रश्नमाथि शंसय उब्जाउने किसिमको घटना बाहिर आएको छ । घटना भारत, बिहारको हो । त्यहाँ ‘हर्लिक्स’लाई लिएर विवाद भएको छ । तपाई/हामीलाई थाहा छ, हर्लिक्सको प्याकेटमा स्पष्टसँग त्यहा उपस्थित पोषक तत्वको मात्रा उल्लेख हुन्छ । तर, पछिल्लो प्रसंगले भने त्यसरी उल्लेख गरिएका पोषक तत्वमाथि औंला उठाउन बाध्य तुल्याएको छ । यसै सन्दर्भमा विविसी हिन्दी अनलाइनले प्रकासित गरेको समाचार यहाँ प्रस्तुत गरिएको छ ।

‘दुध मे हर्लिक्स मिलाओ, दुध की शक्ति बढाओ’

क्याल्शियम-७४१ मिलिग्राम

भिटामिन डी-९.२६ माइक्रोग्राम

फस्फोरस-२८० मिलिग्राम

म्याग्नेशियम-६५ मिलीग्राम

प्रोटिन-११ ग्राम

हर्लिक्सको प्याकेटमा १० भन्दा बढी पोषक तत्वको फेहरिस्ता देख्छौं । साथै यसमा देखिने हरियो रंगको बिन्दुले बताउँछ, यो शाकाहारी हो ।

तर, के यो वास्तवमै शाकाहारी हो ? यस सम्बन्धमा भने प्रश्न उठेको छ । बिहारको मुजफ्फरपुरमा हर्लिक्सको बिक्रीमाथि यही सन्देहको कारण रोक लगाइएको छ । त्यहाँ स्थानिय प्रशासनले हर्लिक्सको बिक्री वितरण रोकेको हो ।

यता हर्लिक्स उत्पादन गर्ने ग्यालेक्सो स्मिथक्लाइन कन्जुमर हेल्थकेयरको दावी छ, हर्लिक्स पूर्णत शाकाहारी हो । त्यसका प्रवक्ताले भनेका छन्, ‘हाम्रो सबै उत्पादन फुड सेफ्टी र स्ट्यान्र्ड एक्टको मानक अनुरुप आउँछ । यही आधारमा यसका लागि अनुमतिपत्र मिलेको हो ।’

उता प्रहरीले चाहि हर्लिक्समामा सामेल तत्वमा भिटामिन डिको स्रोतबारे जसरी उल्लेख गरेको छ, त्यसमा आफुहरुको चित्त नबुझेको बताएको छ ।

प्रहरीले ‘भारतिय संविधानको धारा २१ (१) बमोजिक आफ्नो धार्मिक आस्थामाथि खेलबाड गर्न हुँदैन । तर,  ग्यालेक्सो स्मिथक्लाइनले हर्लिक्सको माध्यामबाट करोडौं हिन्दुस्तानीको धार्मिक आस्थामाथि खेलबाड भएको’ बताएका छन् ।

प्रहरीले जारी गरेको नोटिसमा हर्लिक्सले उल्लेख गरेको स्रोतमध्ये भिटामिन डि-३ र डि-२ को स्रोत स्पष्ट छैन । के डि-२ वनस्पति र डि-३ जन्तुको स्रोतबाट लिइएको हो ?

स्थानिय जिल्ला औषधी नियन्त्रण विभागद्वारा कारवाही जाँच अनुसार हर्लिक्समा सामेल भिटिामिन डिको स्रोतमा जन्तुको स्रोत पनि सामेल छ । त्यसैले यो मांसाहारी हो । तैपनि हर्लिक्सले यो कुरा उल्लेख नगरी हर्लिक्सलाई शाकाहारी उत्पादन भनेर बिक्री गरिरहेको छ ।

नोटिसमा यो पनि भनिएको छ कि, हर्लिक्समा सामेल प्रोफाइलेक्टिक तत्वको आधारमा यसलाई ड्रग लाइसेन्स अन्र्तगत बेच्नुपर्ने थियो । तर, कम्पनीले यसको बिक्री फुड लाइसेन्स अन्र्तगत गरेको छ ।

हर्लिक्स लगभग एक सय पचास बर्ष पुरानो ब्रान्ड हो । अहिले ड्रग नियन्त्रण कार्यलयले यसलाई भारतभर नै प्रतिबन्ध लगाउनुपर्ने माग राखिएको छ ।

प्रहरीका अनुसार हर्लिक्समा सामेल केही तत्व प्रोफाइलेक्टिक (बिरामी रोक्ने पदार्थ) को श्रेणीमा आउँछ । त्यस आधारमा यसको विक्री ड्रग लाइसेन्स अन्र्तगत हुनुपर्ने थियो । उनीहरुका अनुसार यस सम्बन्धमा कम्पनीले कुनै जवाफ दिएको छैन ।

प्रहरीका अनुसार एसजीएस ल्याबमा भएको जाँचबाट हर्लिक्समा उपलब्ध भिटामिन डि-३ मा पशुको स्रोत मिलेको छ । यता कम्पनीले भने यसको खण्डन गरेको छ । आफुहरुलाई कुनैपनि त्यस्तो ल्याब टेस्टको रिपोर्ट प्राप्त नभएको कम्पनीको जिकिर छ ।

स्थानिय प्रहरीले ‘अमूल’ र ‘कम्प्लैन’को पनि यस्तै जाँच सुुरु गरेको छ । उनीहरुले भनेका छन्, ‘कम्प्लैनले जबाफमा यो स्विकार गरेको छ कि उसले भिटामिन डिको खरिद चीनबाट गर्छ । त्यस्तै अमूलले स्पष्टसँग लेखेको छ कि, उसले भिटामिन डि वनस्पतिको स्रोतबाट लिएको छ । यता हर्लिक्सले भने कुनै स्पष्टिकरण दिएको छैन ।’

कम्पनीसँग २०१५ बाट अहिलेसम्म हर्लिक्स बनाउनका लागि भिटामिन स्रोत डि-१, डि-२, डि-३ को खरिदारी दस्तावेज मागिएपनि अहिलेसम्म त्यो प्राप्त भएको छैन ।

कम्पनीको कुरा

कम्पनीले भने ल्याब परीक्षणको रिपोर्ट पेश गर्दै हर्लिक्समा भिटामिन डिका लागि शाकाशारी स्रोत प्रयोग गरिएको स्पष्ट पारेको छ । यो रिपोर्ट ल्याबले १ नोभेम्बर २०१८ मा जारी गरेको थियो ।

ग्यालेक्सो स्मिथक्लाइन अनुसार घटनाक्रम यस किसिमको छ ।

६ अक्टोबर- इनस्पेक्टरले एक डिस्ट्रीबयुटर -एम/एस मानसी ट्रेडर्स) को यो जाँच गरे र हर्लिक्सको प्याकेटमा ‘हरियो बिन्दु’ पायो । तर, उनीहरुले के आधारमा निष्कर्ष निकालेको हो कि, हर्लिक्समा मांसाहारी तत्व छ । त्यसपछि उनीहरुले कम्पनीसँग सम्पर्क गरे ।

१२ अक्टोबर- कम्पनीको ‘जोइन्ट इन्स्पेक्शन रिपोर्ट’को जबाफ दियो र आफ्नो जवाफसँगै एक प्रमाणपत्र जम्मा गरियो । जसमा बताइएको थियो कि हर्लिक्समा प्रयोग गरिने भिटामिन डि शाकाहारी स्रोतबाट आउँछ ।

२९ अक्टुबर-इन्स्पेक्टरले हर्लिक्समाथि लगाइएको लेबलबाट यो निष्कर्ष निकाल्यो कि यसमा भिटामिन डिको स्रोत मांसहारी हो । यस्तो सायद यसकारण भयो कि लेबलमा केवल भिटामिन डि लेखिएको थियो । डि-२ वा डि-३ लेखिएको थिएन ।

१२ नोभेम्बर- कम्पनीले परीक्षण रिपोर्टको जबाफ दियो र स्पष्ट गर्‍यो कि, हर्लिक्सलाई फूड सेफ्टी एन्ड स्ट्यान्र्डड एक्सट २००६ को आधारमा ‘माल्ट बेस्ट फूड’ मानिएको छ । कम्पनीले जवाफमा एसजीएस ल्याबद्वारा जारी गरिएको उक्त प्रमाणपत्र पनि सामेल गरेको छ, जसमा हर्लिक्समा प्रयोग गरिने भिटामिन डिको स्रोत शाकाहारी भएको उल्लेख छ ।

१७ नोभेम्बर- इन्स्पेक्टरले जाँचको अन्तिम रिपोर्ट जारी गरे र हर्लिक्सको बिक्रीमा प्रतिबन्ध लगाए ।

के भन्छ पोषणविद् र चिकित्सक ?

क्लिनिकल न्युटि्रशनिस्ट डा. रितु अरोडा भन्छन् कि, हर्लिक्समा जन्तुको स्रोतवाला भिटामिन डिको प्रयोगको आशंका खारेज गर्न सकिदैन ।

उनले भनेका छन्, ‘वोसोयुक्त माछा र गाईको मासुमा भिटामिन डि हुन्छ । संभव छ कि, हर्लिक्समा यसैको प्रयोग गरिएको हो । हुन त यसको नतिजा ल्याब टेस्टले नै देखाउनेछ । यस सम्बन्धमा अन्दाज वा आशंकाको आधारमा केही भन्न सकिदैन ।’

किन जरुरी छ भिटामिन-डी ?

भिटामिन डि हड्डीलाई बलियो बनाउन र प्रतिरक्षा प्रणालीका लागि जरुरी छ । यसको अभावले हड्डी कमजोर हुन्छ । मांसपेशी र जोर्नीको दुखाई, थकान र आलस्य जस्ता समस्या हुनसक्छ ।

भिटामिन डिको कमीले डिप्रेसनको पनि खतरा हुन्छ । यही कारण जाडो मौसममा खासगरी जाडो स्थानमा डिप्रेसनको समस्या देखिन्छ ।

घरमा बस्ने महिलाहरुलाई अक्सर भिटामिन डिको कमीको कारण डिप्रेसनको समस्या देखिन्छ । डा. रितुका अनुसार भिटामिन डि-२ सामान्यतय वनस्पती स्रोत र भिटामिन डि -३ जन्तुको स्रोतबाट मिल्छ । यसका साथै घामको किरण पनि भिटामिन डिको स्रोत हो ।

के हर्लिक्स जस्ता खानेकुरा उपयोगी हुन्छ ?

डा. रितुको भनाई मान्ने हो भने हेल्थ ड्रिंकको जति बोलबाला छ, त्यती नै यसलाई बढाई-चढाई पेश गरिन्छ । उनले भनिन्, ‘हर्लिक्स जस्ता सप्लिमेन्ट्समा सुगर र क्यालोरी यति धेरै हुन्छ कि यसको बाँकी पोषक तत्वको कुनै फाइदा हुँदैन ।’

के जन्तुको स्रोत र वनस्पति स्रोतबाट मिल्ने भिटामिन डिमा कुनै फरक पर्छ ?

डा. रितुले यसको जवाफ ‘हुन्न’मा दिन्छिन् । ‘भिटामिन डिको असर एक जस्ता हुन्छन्, चाहे त्यो जुनसुकै स्रोतबाट पाइएको होस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment