+
एएफसी एसियन कप छनोट :

एसियन कप छनोटमा नेपालले भियतनामसँग होम म्याच खेल्दै

२०८२ असोज  २८ गते ८:५८ २०८२ असोज २८ गते ८:५८
एसियन कप छनोटमा नेपालले भियतनामसँग होम म्याच खेल्दै

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले एएफसी एसियन कप छनोटको तेस्रो चरणको चौथो खेलमा आज साँझ सवा ६ बजे भियतनामसँग थोङ नाट स्टेडियममा खेल्नेछ।
  • नेपालले समूह एफमा ३ खेलमा पराजित हुँदै अंकविहीन छ र आजको खेलमा पराजित भए छनोटबाट बाहिरिनेछ।
  • नेपाली टोलीका मुख्य प्रशिक्षक म्याट रसले भियतनामविरुद्धको खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरेको बताएका छन्।

२८ असोज, काठमाडौं । एएफसी एसियन कप छनोटको तेस्रो चरणको चौथो खेलमा नेपालले आज भियतनामसँग होम म्याच खेल्दै छ ।

होम म्याच भएपनि खेल भियतनाममै हुने तय छ । नेपाली समयअनुसार साँझ सवा ६ बजेदेखि थोङ नाट स्टेडियममा खेल सुरु हुनेछ ।

यसअघि गत साता भियतनामसँगै भएको अवे खेलमा नेपाल ३-१ ले पराजित भएको थियो । समूह एफमा रहेको नेपाल हालसम्म ३ वटै खेलमा पराजित हुँदा अंकविहीन छ । आजको खेलमा पराजित भए नेपाल दुई खेलअगावै छनोटबाट बाहिरिनेछ ।

नेपाली टोलीका डिफेन्डर रोहित चन्दले आज आफ्नो १००औं खेल खेल्दै छन् । कप्तान किरणपछि १०० खेल पूरा गर्ने दोस्रो नेपाली खेलाडी हुन् ।

नेपाली टोलीका मुख्य प्रशिक्षक म्याट रसले भियतनामविरुद्धको आजको खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरेको बताएका छन् । उनले पहिलो खेलअघि पनि ३ अंक, नभए १ अंककै लागि खेल्ने महत्वकांक्षा राखेका थिए ।

भियतनाम ३ खेलबाट ६ अंकसहित समूह एफमा दोस्रो स्थानमा छ । मलेसिया लगातार तेस्रो खेल जित्दै ९ अंक जोडेर शीर्षमा छ । लाओसको ३ खेलमा ३ अंक छ ।

नेपाली फुटबल टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय