+
एएफसी एसियन कप छनोट :

एसियन कप छनोटमा भियतनामसँग नेपालको हार

२०८२ असोज  २३ गते २०:१२ २०८२ असोज २३ गते २०:१२
एसियन कप छनोटमा भियतनामसँग नेपालको हार

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले एएफसी एसियन कप छनोटको तेस्रो चरणको तेस्रो खेलमा भियतनामसँग ३-१ गोलअन्तरले पराजित भएको छ।
  • नेपाली टोलीका मुख्य प्रशिक्षक म्याट रसले भियतनामविरुद्ध ३ अंकका लागि खेल्ने महत्वकांक्षा राखेका थिए।
  • नेपालले दोस्रो हाफमा १० खेलाडीमा सीमित रहेर खेलेको थियो र पहिलो हाफमा सनिश श्रेष्ठले बराबरी गोल फर्काएका थिए।

२३ असोज, काठमाडौं । एएफसी एसियन कप छनोटको तेस्रो चरणको तेस्रो खेलमा नेपाल भियतनामसँग पराजित भएको छ । दोस्रो हाफमा १० खेलाडीमा सीमित नेपाललाई भियतनामले ३-१ गोलअन्तरले हराएको हो ।

नेपाली टोलीका मुख्य प्रशिक्षक म्याट रसले भियतनामविरुद्ध ३ अंक, नभए १ अंककै लागि खेल्ने महत्वकांक्षा राखेका थिए । त्यसअनुरुप पहिलो हाफमा प्रदर्शन गरेपनि दोस्रो हाफमा सम्हालिन नसक्दा नेपाल पराजित भयो ।

नवौं मिनेटमा भियतनामका तियन लीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । १७औं मिनेटमा सनिश श्रेष्ठले नेपालका लागि बराबरी गोल फर्काए ।

पहिलो हाफ सकिनै लाग्दा लकेन  लिम्बुले डिबक्सकै एजमा विपक्षी खेलाडीलाई लडाएपछि सोझै रातो कार्ड पाएका थिए । त्यसपछि नेपालले दोस्रो हाफ १० खेलाडीमा सीमित रहेर खेलेको थियो ।

दोस्रो हाफमा भियतनामले २ गोल थप्यो । ६७औं मिनेटमा सुआन मान र ७२औं मिनेटमा भान भिले गोल गरे ।

खेलमा भियतनामले ७५ प्रतिशत बल पोसेसन आफ्नो पकडमा राखेको थियो । भियतनामले २४ वटा शट प्रहार गर्दा १० वटा टार्गेटमा रहे । नेपालले २ शटको अवसर मात्र सिर्जना गर्न सक्यो ।

आजको खेलपछि नेपालको आफ्नो होम म्याच पनि अक्टोबर १४ मा भियतनाममै हुनेछ ।

नेपालाई हराउँदै दोस्रो जित हात पारेको भियतनाम ३ खेलबाट ६ अंकसहित समूह एफमा दोस्रो स्थानमा छ । नेपालले हालसम्म ३ खेल खेल्दा अंकविहीन रहेर पुछारमा छ ।

मलेसिया लगातार तेस्रो खेल जित्दै ९ अंक जोडेर शीर्षमा छ । मलेसियाले आजै लाओसलाई ३-० ले हराएको थियो । लाओसको ३ खेलमा ३ अंक छ ।

नेपाली फुटबल टोली

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय