Comments Add Comment

जाडोमा खसीको खुट्टाको सुप र टि ममः यसरी घरमै बनाउने

जाडो बढेको बढ्यै छ । यस्तोमा तात्तातो सुप पिउनुको स्वाद बेग्लै हुन्छ । त्यसमाथि खसीको खुट्टाको सुप । अझ त्यसमा टि मम !

हुन त कतिपयलाई जाडो मौसम मन पर्दैन । चिसोमा कठ्याग्रिएर बस्नुपर्छ भन्ने पिरलो हुन्छ । तर, कति खानेकुरा जाडोमा खान नै बढी स्वाद हुन्छ ।

यसपाली हामीले जाडोमा खानका लागि खसीको खुट्टाको सुपबारे जानकारी पेश गरेका छौं । खसीको खुट्टाको सुपसँगै टि मम पनि खान सकिन्छ । यसले स्वादलाई दोब्बर बनाइदिन्छ । टि मम । यी खान्की बनाउन सजिलो । खान मिठो ।

आवश्यक सामाग्री

-खसीको खुट्टा

-नुन, बेसार, तेल, गरम मसलाको धुलो ।

बनाउने विधी

खसीको खुट्टालाई राम्ररी पखालेर ठिक्कको टुक्रा गर्ने । यसमा नुन, बेसार, तेल र गरम मसलाको धुलो मोल्ने । यसरी मेरिनेट गरेपछि आधा घण्टा छाड्ने ।

 

अब टि ममका लागि तयारी गरौं ।

यसका लागि मैदा नभई आटाको पिठो उपयुक्त हुन्छ । मैदा खान त्यती स्वस्थ्यकर हुँदैन । आटा र आधा कप दहीबाट टि मम बनाउन सकिन्छ । आटा र दहीलाई एकै ठाउँमा मोल्ने । दहीले बेकिङको काम गर्छ । यसरी मोलेको पिठोलाई केही समय राख्ने ।

कराही बसाउने । त्यसमा प्याज, अदुवा-लसुन, गोलभेडाको पेस्ट राखेर केही छिन पकाउने । जब तेलले मसला छाड्छ त्यसमा मेरिनेट गरेको खसीको खुट्टा राखेर चलाउने । अब प्रेशर कुकरमा खसीको खुट्टा खन्याउने । आवश्यक पानी राख्ने । नुन थप्ने । मधुरो आगोमा ४५ मिनेट जति पकाउने ।

टि ममका लागि

आटाको पिठोलाई आफ्नो मनपर्ने आकार दिने । त्यसलाई मम पकाउने भाँडामा स्टिम गर्ने । १५ मिनेट स्टिम गरेपछि मम पाक्छ ।

अब सुप र मम तयार भयो । सुपलाई कचौरामा राखेर त्यही टि मम पनि राख्नुपर्छ । यसमा स्वाद अनुसार खोर्सानीको पेस्ट, काटेको प्याज र धनियाँ राख्न सकिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment