+
+
Shares

फेवातालमा छाडियो १० हजार भुरा

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर ५ गते १५:२४

५ मंसिर, पोखरा । विश्व मत्स्य दिवसको अवसरमा पोखराको फेवातालमा माछाका १० हजार भुरा छाडिएको छ ।

मत्स्य अनुसन्धान केन्द्र पोखरा, हर्पन फेवा मत्स्य सहकारी संस्था र माछापुच्छ्रे जलारी आमा समूहको संयुक्त आयोजनामा बुधबार फेवातालमा स्थानीय प्रजातिका १० हजार भुरा छाडिएको हो ।

कार्यक्रममा पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले माछाका भुरा फेवातालमा छाडिन् ।

फेवातालमा पोखरामा उत्पादित सहर तथा अन्य स्वदेशी माछाका भुराहरु छाडिएको मत्स्य अनुसन्धान केन्द्र पोखराका निर्देशक अग्नी नेपालले जानकारी दिए ।

कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले स्थानीय प्रजातिका माछा लोपोन्मुख अवस्थामा पुगेको बताउँदै यसको संरक्षण गर्नुपर्नेमा जोड दिइन् ।

पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनहर कडरियाले महानगरले स्थानीय प्रजातिका माछा र त्यसमा निर्भर जलारी समुदायको संरक्षणका लागि योजना बनाएर काम गर्ने बताए ।

हर्पन फेवा मत्स्य सहकारी संस्थाका अध्यक्ष ज्ञानबहादुर जलारीले फेवातालमा स्थानीय जातका माछा लोप हुँदै जानुका साथै माछाको उत्पादन घट्दै जाँदा आफूहरु संकटमा परेको बताए ।

मत्स्य अनुसन्धान केन्द्र पोखराका निर्देशक अग्नी नेपालले लोप हुन लागेका माछा बढाउन माछाको भुरा छाडेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?