+
+
Shares

डा. केसी अस्पतालबाट डिस्चार्ज

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर ५ गते १६:४८

५ मंसिर, काठमाडौं । छातीको दुखाईका कारण दुई दिनअघि त्रिवि शिक्षण अस्पपतालको मनमोहन काडियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका डा. गोविन्द केसी बुधबार डिस्चार्ज भएका छन् ।

परीक्षणका क्रममा सबै रिर्पोट सामान्य आएपछि उनलाई अस्पतालबाट डिस्चार्ज उनका सहयोगी प्रितम सुवेदीले जानकारी दिएका छन् ।

सोमबार विहान छातीमा तिब्र दुखाई महसुस भएपछि डा. केसीलाई मनमोहन काडियोथोरासिक एण्ड भास्कुलर सेन्टरको इमर्जेन्सीमा भर्ना गरिएको थियो । त्यसपछि उनलाई केही दिनका लागि सिसियुमा राखिएको थियो ।

लामो समयको अनसन र ग्याट्रिकका कारण पनि डा. केसीलाई एक्कासी छातीको दुखाई भएको हुनसक्ने चिकित्सकहरुको अनुमान रहेको छ ।

हाल डा. केसीको स्वास्थ्यअवस्था सुधारोन्मुख रहेको छ । उनी बुधबार दिनभर क्वार्टरमै आराम गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?