५ मंसिर, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी -नेकपा)का स्थायी समिति सदस्य भीम रावलले सत्य निरुपण तथा व्यक्ति बेपत्ता छानबिन आयोगको कामप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
अहिलेसम्म पनि जिम्मेवारी पूरा नगरेको भन्दै नेता रावलले आफूलाई आश्चर्य र दुःख लागेको बताए ।
बुधबार एक साक्षात्कारमा बोल्दै उनले भने, ‘दुई वर्षभित्र सम्पन्न गर्नुपर्ने काम अहिलेसम्म किन भएन ? मलाई आश्चर्य लागेको छ, आयोगले समयमै गर्नुपर्ने काम सम्पन्न नगरेकोमा म दुःखी छु ।’
उनले के समस्याका कारण काम सम्पन्न हुन नसकेको हो त्यसतर्फ सरकारले पनि ध्यान दिनुपर्ने बताएका छन् । ‘आयोगहरुलाई कुनै कानुनी तथा व्यवहारिक समस्या छ भने त्यो सरकारलाई भन्नुपर्यो । होइन भने काम किन अघि बढेन ? समस्या छ भने के समस्या हो, त्यसतर्फ सरकारले पनि ध्यान देओस् ।’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4