+
+

उपमेयरको घरबाट १६ लाख बराबरको धनमाल चोरी

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर ६ गते ९:२५

६ मंसिर, भक्तपुर । भक्तपुर नगरपालिकाको उपप्रमुख रजनी जोशीको घरमा चोरी भएको छ ।

सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित घरबाट बुधबार करिब १५ लाख ९८ हजार ७५० रूपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ । उपमेयर जोशीको घरको ढोका फोडेर चोरी भएको हो ।

चोरीमा संलग्नको पहिचान खुलेको छैन । चोरीबारे अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

मध्यपुरथिमि नगरपालिकाका नगर प्रमुख एवं मेयर क्लबका सचिव मदनसुन्दर श्रेष्ठले दिनदाहाडै जनप्रतिनिधिको घरमा भएको चोरीको अनुसन्धान गरी कारबाही गर्न माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?