+
+
Shares

ए डिभिजन लिगः एनआरटीविरुद्ध च्यासलको पहिलो हाफसम्म दोब्बर अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर ६ गते १०:५८

६ मंसिर, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा च्यासल युथ क्लबले न्युरोड टिम (एनआरटी) क्लबविरुद्ध पहिलो हाफसम्म दोब्बर अग्रता बनाएको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा जारी खेलमा च्यासलले पहिलो हाफमा नै २-० गोलको अग्रता बनाएको हो । च्यासलको लागि दुबै गोल अमिर श्रेष्ठले गरेका हुन् ।

खेलको १४औं मिनेटमा नै अमिरले गोल गर्दै च्यासललाई अग्रता दिलाएका थिए । खेलको २८औं मिनेटमा फेरी अर्को गोल थप्दै अमिरले आफ्नो टिमलाई दोब्बर अग्रता दिलाएका हुन् ।

आजै दिउँसो लिग लिडर थ्रीस्टार क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

Results

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?