+
+
Shares

भारतीय फुटबलका लागि एथ्लेटिको मड्रिड र टाटाबीच ‘सुपर डिल’

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर ६ गते १२:०७

काठमाडौं । भारतका विभिन्न सहरमा फुटबल एकेडेमीको विकास गर्ने, खेलाडी प्रशिक्षण गर्नेलगायत विभिन्न कामका लागि भारतीय कम्पनी टाटा र स्पेनिस फुटबल क्लब एथ्लेटिको मड्रिडबीच सम्झौता भएको छ ।

एथ्लेटिको मड्रिडका व्यावसायिक दक्षतायुक्त सीप भारतीय फुटबलमा ल्याउने र नयाँ तरिकाले फुटबल विकासमा लाग्ने कामका लागि सम्झौताले ठूलो भूमिका खेल्ने बताइएको छ ।

टाटाकै स्वामित्वमा रहेको भारतीय सुपरलिग क्लब जमशेदपुर एफसीलाई पनि एथ्लेटिको मड्रिडले सहयोग गर्ने भएको छ । साथै भारतीय युवा खेलाडीलाई एथ्लेटिको मड्रिडमा गएर अभ्यास गर्ने मौका पनि प्राजेक्ट अन्तर्गत सम्झौता गरिएको छ ।

‘फुटबल विकास प्राजेक्टमा टाटासँग मिलेर भारतमा काम गर्न पाउनु हाम्रो लागि खुशीको कुरा हो । भारतीय फुटबलको विकासमा काम गर्ने साथै युवा खेलाडीलाई नयाँ शैली सिकाउने काममा हामी लाग्ने छौँ’ एथ्लेटिको मड्रिडका सीइओ मिग्वेल एन्जेल गिलले भनेका छन् ।

Results

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?