६ मंसिर,गुल्मी । गुल्मीको शान्तिपुरमा अपाङ्गता भएकाहरुकोे लागि एकदिने निःशुल्क स्वास्थ्य परीक्षण शिविर आयोजना गरिएको छ ।
आशा अपाङ्ग केन्द्र गुल्मीको आयोजना र चन्द्रकोट गाउँपालिका गुल्मी, अपाङ्ग वाल अस्पताल बनेपा काभ्रे, सक्षम परियोजना गुल्मी, चक्रेश्वर अपाङ्ग समाज शान्पिुर गुल्मीको संयोजनमा चन्द्रकोट गाउँपालिकाको शान्तिपुरमा आयोजना गरिएको हो ।
शिविर अपाङ्ग सहाय सामाग्री बितरण तथा परामर्श सेवा प्रदान गरिएको थियो । जिल्लाका बिभिन्न ठाउँबाट आएका पूर्ण अशक्त अपाङ्गहरुको लागि ७ थान हुइलचियर, ५ थान बैशाखी, १ थान वार्कर, ५ जनाको लागि कृतिम हातखुट्ट मापन, ५ जनाको लागि उपचारको लागि अपाङ्ग बनेपा पठाउने गरी शिविर सम्पन्न भएको आशा अपाङ्ग केन्द्र गुल्मीका शुरेस श्रेष्ठले बताए ।
शिविर सम्पन्न गर्न बिभिन्न दात्रि निकायहरुबाट सहयोगमा सम्पन्न गरिएको आयोजक संस्थाले जनाएको छ । आशा अपांग केन्द्रले जिल्लामा विगत १० वर्ष अघिदेखि प्रत्यक्ष रुपमा अपांगताको क्षेत्रमा मात्र काम गर्दै आइरहेको छ ।
प्रतिक्रिया 4