Comments Add Comment

कसरी हुँदै छ युरोकप छनोट ?

६ मंसिर, काठमाडौं । युरोकप २०२० का लागि आउँदो १६ गते आइतबार आयरल्याण्डको राजधानी डब्लिनमा छनोट खेल तालिका सार्वजनिक हुँदैछ ।

यसपटक युरोपका विभिन्न १२ देशका १२ सहरमा प्रतियोगिताका खेल हुने भएकाले पनि यसपटक युरोकप विशेष बन्दै छ । सबै देशले छनोटमा प्रतिस्पर्धा गर्नै पर्ने भएकाले पनि युरोकप छनोट विशेष बनेको छ । युरो कप प्रतियोगिता २०२० को जुन १२ देखि जुलाई १२ सम्म हुनेछ ।

युरोपियन फुटबलको प्रशासकीय निकाय युईएफमा रहेका ५५ देशबीच नै छनोट प्रतिस्पर्धा हुने छ । छनोट प्रतियोगिताका लागि १० वटा समूह बनाइने छ । १० समूहका विजेता र उपविजेता गरी २० टिम युरो कपका लागि छानिने छन् । बाँकी रहेका ४ टिम प्लेअफमार्फत आउने छन् ।

युइएफए नेसन्स लिगमा समूहको शीर्षमा रहेका १६ टिम यदि युरो कप छनोटको शीर्ष दुई टिममा पर्न सकेनन् भने उनीहरु सिधै प्लेअफ खेल्न पाउने छन् ।

१० समूहमध्ये ५ समूहमा ५ वटा टिम रहने छन् भने ५ समूहमा ६ टिम रहने छन् । युइएफ वरियताका आधारमा छनोट तालिका बनाइएकाले कुन समूहमा ५ टिम रहने र कुनमा ६ टिम रहने वरियताले नै निर्धारण गरेको छ ।

५५ देशलाई विभिन्न ७ पोटमा विभाजन गरिएको छ जसका आधारमा छनोटमा कुन टिम कुन समूहमा भन्ने निर्धारण हुने छ ।

छनोटको कुन पोटमा कुन टिम ?

युइएफए नेसन्स लिग ए का उत्कृष्ट चार टिम – स्वीटजरल्याण्ड, पोर्चुगल, नेदरल्याण्ड, इग्ल्याण्ड ।

पोट १ – बेल्जियम, फ्रान्स, स्पेन, इटाली, क्रोएसिया, पोल्याण्ड ।

पोट २ – जर्मनी, आइसल्याण्ड, बोस्निया हर्जगोभिना, युक्रेन, डेनमार्क, स्वीडेन, रसिया, अस्ट्रिया, वेल्स, चेक रिपब्लिक ।

पोट ३ – स्लोभाकिया, टर्की, रिपब्लिक अफ आयरल्याण्ड, नर्थन आयरल्याण्ड, स्कटल्याण्ड, नर्वे, सर्विया, फिनल्याण्ड, बुल्गेरिया, इजरायल ।

पोट ४ – हंगेरी, रोमानिया, ग्रिस, अल्बानिया, मोन्टेनेग्रो, साइप्रस, इस्टोनिया, स्लोभेनिया, लिथुवानिया, जर्जिया ।

पोट ५ – म्यासेडोनिया, कोसोभो, बेलारुस, लक्जेमबर्ग, अर्मानिया, अजरबइजान, काजकिस्तान, मोल्डोभा, जिब्राल्टर, फारोए आइसल्याण्ड ।

पोट ६ – लात्भिया, लिचटेन्ट्सटाइन, एन्डोरा, माल्टा, सान मारिनो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment