६ मंसिर, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले वन्यजन्तु सम्बन्धी अपराध नियन्त्रणमा खेलेको उल्लेखनीय भूमिकाका कारण अन्तर्राष्ट्रिय अवार्ड पाएको छ ।
अन्तरदेशीय वातावरणीय अपराधविरुद्ध गरिएका कामको लागि दिइने विभिन्न विधाको अवार्ड मध्ये सीआईबीले इन्ट्रिगिटीतर्फ एसियन इन्भाइरोमेन्टल इन्फोर्समेन्ट अवार्ड पाएको हो ।
वातावरण तथा वन्यजन्तु अपराध हेर्ने पिलर ४ का प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) अनुपम शमशेर जबराले बुधबार यो अवार्ड ग्रहण गरेका हुन् ।
डीएसपी जबराको नेतृत्वमा यो पिलरबाट दर्जनौं संरक्षित तथा लोपोन्मुख वन्यजन्तु, जीवित चिम्पाञ्जी, बाँदर लगायतको उद्दार तथा तस्करीमा संलग्नहरुमाथि संगठित अपराध र संकटापन्न वन्यजन्तु तथा वनस्पतीको व्यापार नियन्त्रण ऐन अन्तरगत कारबाही भएको छ ।
ब्यूरोका एसपी सुदिप गिरीले अवार्ड दिने कार्यमा सम्बद्ध साझेदार निकायहरुलाई हार्दिक धन्यवाद समेत ज्ञापन गरेका छन् ।
प्रतिक्रिया 4