Comments Add Comment

सिप्रदीयन सहायतामा निशुल्क अटो प्राविधिक प्रशिक्षण

५ मंसिर, काठमाडाैं । सिप्रदी ट्रेडिङ प्रालि अन्तर्गतको सिप्रदीयन सहायता संस्थाले राष्ट्रव्यापी अटो प्राविधिक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । मंसिर १ गतेदेखि ४ गतेसम्म देशभरका मुख्य मुख्य शहरका अटोमेकानिकहरुलाई निशुल्क प्रशिक्षण दिइएको थियो ।

नैकाप, इटहरी, कोहलपुर, नेपालगन्ज, हेटौडा, बनेपा, धरान, सुर्खेत, पर्सा, चितवन, भक्तपुर दमक, दाङ, पोखरा, धादिङ, बिर्तामोड, भालुवाङ, चनौटा र बुटवल गरी २३ ठाउँहरुमा अटो प्राविधिक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा नयाँ प्रविधिका गाडीहरुलाई बिना ल्यापटप कसरी चेक गर्ने, गाडीमा आएका समस्याहरु कसरी समाधान गर्ने लगायतका विषयमा सैद्धान्तिक तथा प्राविधिक ज्ञान दिइएको थियो ।

यसका साथै कार्यक्रममा बि.एस.फोर गाडीहरुमा आएका नयाँ प्रविधि र यसमा आउने समस्या र सहज समाधानका उपायहरुका बारेमा बताइएको थियो। साथै नयाँ गियर बक्स ५५० सम्बन्धि प्रशिक्षण दिइएको थियो ।

उक्त ४ दिने प्रशिक्षणमा देशभरी ८१६ जना अटो प्राविधिकहरुको उल्लेखनीय सहभागिता थियो । यसअघि सिप्रदी सहायताद्वारा सामाजिक उत्तरदायित्व अन्तर्गत अटो मेकानिक बन्न ईच्छुक युवाहरुलाई निशुल्क रुपमा ६ महिने तालिम दिइएको थियो ।

विभिन्न स्कूलहरुमा प्रशिक्षण र विद्यालयको सामग्री वितरण, सरसफाई कार्यक्रम, योग शिविर, स्वास्थ्य शिविर जस्ता कार्यक्रम सिप्रदीयन सहायताबाट हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment