+
+
Shares

सुनवलको सगरमाथा होटलमा बासी खाना र फोहोर भान्सा, नसुधारेसम्म होटल नखोल्न निर्देशन

निरीक्षणपछि होटल सञ्चालकलाई भान्सा पूर्ण रूपमा सफा गर्न, अनावश्यक सामग्रीको उचित व्यवस्थापन गर्न तथा खानेपानीको स्रोत सफा राख्न निर्देशन दिइएको छ । साथै सुधारका काम पूरा नभएसम्म होटल सञ्चालन नगर्न भनिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ४ गते ७:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नवलपरासी पश्चिमको सुनवल नगरपालिका–४ स्थित सगरमाथा होटलमा खाद्य स्वच्छता तथा सरसफाइ कमजोर पाइएको अनुगमन प्रतिवेदनले देखाएको छ ।
  • भान्सामा बासी खानेकुरा, फोहोर खानेपानीको स्रोत र खानामा प्रयोग हुने काठ तथा फलामका टुक्रा भेटिएको विभागले जनाएको छ ।
  • विभागले सुधारका काम पूरा नभएसम्म होटल सञ्चालन नगर्न र ३० दिनभित्र कार्यालय तथा वडा कार्यालयलाई जानकारी गराउन निर्देशन दिएको छ ।

४ कात्तिक, काठमाडौं । नवलपरासी पश्चिमको सुनवल नगरपालिका–४ स्थित सगरमाथा होटलमा खाद्य स्वच्छता तथा सरसफाइको अवस्था कमजोर पाइएको छ ।

भान्सामा बासी खानेकुरा भेटिनुका साथै खानेपानीको स्रोतसमेत फोहोर रहेको अनुगमन प्रतिवेदनले देखाएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, भैरहवा र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, कपिलवस्तुलाई विभागले दिएको निर्देशनअनुसार अनुगमन गर्दा होटलमा विभिन्न कैफियत भेटिएका हुन् ।

विभागका अनुसार होटलमा खानामा प्रयोग हुने काठ र फलामका टुक्रासमेत भेटिएका थिए । होटलको सरसफाइको अवस्था निकै कमजोर रहेको, खानेपानीको स्रोत फोहोर ठाउँमा रहेको र भान्सामा आवश्यक सामग्री अव्यवस्थित रूपमा राखिएको पाइएको प्रतिवेदनमा उल्लेख छ ।

अनुगमनका क्रममा होटल बन्द अवस्थामा रहेकाले सुनवल नगरपालिका–४ का वडा अध्यक्षको पहलमा होटल खोली निरीक्षण गरिएको थियो । निरीक्षणपछि होटल सञ्चालकलाई भान्सा पूर्ण रूपमा सफा गर्न, अनावश्यक सामग्रीको उचित व्यवस्थापन गर्न तथा खानेपानीको स्रोत सफा राख्न निर्देशन दिइएको विभागले जनाएको छ ।

विभागले तोकिएका सुधारका काम पूरा नभएसम्म होटल सञ्चालन नगर्न र निर्देशनअनुसार होटलको रूपान्तरण गरी ३० दिनभित्र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, भैरहवा र सुनवल नगरपालिका–४ को वडा कार्यालयलाई जानकारी गराउन भनेको छ ।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कारबाही गरिएको जानकारीसमेत विभागले दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?