Comments Add Comment

‘हुन्डाई प्रेसियस मोमेन्ट’काे विजेता घाेषणा

५ मंसिर, काठमाडाैं । नेपालको लागि हुन्डाई मोर्टसको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले शुरुवात गरेको डिजिटल क्याम्पियन ‘हुन्डाई प्रेसियस मोमेन्ट’ को बिजेता घोषणा गरेको छ ।

हुण्डाई शोरुम, थापाथलीमा बिहीबार आयोजित लक्की ड्र मार्फत विजेता छनौट भएका हुन्। तारिक मानान्धर, सुधिर एस जे बी राणा र अमित बनमालालाई बिजेता घोषणा गरिएको छ। यो प्रतियोगिता १४ अक्टोवर देखि १६ नोभेम्वरसम्म भएको थियो ।

परिवारको अमूल्य क्षणहरु समेट्नको लागि हुन्डाई मोर्टसले यो प्रतियोगिता आयोजना गरेको थिया ।

यो प्रतियोगितामा भाग लिनको लागि सहभागिहरुले आफ्नो परिवार तथा मित्रजनहरुसँग अमूल्य क्षणहरु कैद गरी हुण्डाई मोट्र्सको आधिकारीक फेसबुक पेजमा पोष्ट गर्नुपर्ने थियो, जस मध्ये लक्की ड्र मार्फत बिजेता घोषणा गरिएको छ ।

प्रतियोगिता अन्तर्गत तारिक मानान्धरले प्रथम पुरस्कारमा एक जोडिको लागि २ रात ३ दिनको कसारा रिसोर्ट, चितवनमा बसाई जित्न सफल भए ।

त्यस्तेै दोस्रो पुरस्कारमा राणाले कुलप्याड कुल १ र बनमालाले तेस्रो पुरस्कारमा कुलप्याड मेगा २. ५ डी जित्न सफल भए। प्रतियोगितामा ५०० ले सहभागिता जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment