Comments Add Comment

सवारी लाइसेन्सको आवेदन भोलिदेखि खुल्दै

७ मंसिर, काठमाडौं । झण्डै एक महिनादेखि बन्द रहेको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को आवेदन भोलि विहिबारबाट खुल्दैछ ।

चाडपर्वका कारण बन्द रहेको नयाा आवेदन, ट्रायल, रिट्रायल भोलि विहान १० बजेबाट शुचारु गर्ने यातायात व्यवस्था  विभागको तयारी छ ।

हाल हजारौं सेवाग्राही लाइसेन्सको आवेदन दिन प्रतीक्षारत छन् । आवदेकले भोलि १० बजेपछि विभागको वेबसाइटमा गएर अनलाइन सवारी चालक अनुमतिपत्र क्लीक गरी अनलाइन फारम भर्न सक्नेछन् ।

वेबसाइटलाई सिंहदरबारस्थित सरकारी डेटा सेन्टरमा सारिएकाले हाल एसएसएलमा नखुल्ने विभागका इञ्जीयनियर केशवराज गौतमले जानकारी दिए ।

उनका अनुसार आवेदकले एचटिटीपिएस हटाएर सिधै डब्लुडब्लुडब्लु डिओ टिएम डट जिओभी डट एनपी (www.dotm.gov.np) लगइन गर्नुपर्नेछ ।

काठमाडौंमा रहेका चार वटासहित अहिले प्रत्येक अञ्चलमा एक-एक वटा लाइसेन्स वितरण गर्ने कार्यालय छन् । विभागले देशभर नै अनलाइन फारम अनिवार्य गरेको छ ।

तर, छपाइको काम सुस्त हुादा ट्रायल पास गरेकाले पनि लाइन्स पाउन सकेका छैनन् । ट्रायल पास गरेको वर्षदिनसम्म पनि स्मार्ट लाइसेन्स नपाउनेको संख्या ६ लाख भन्दा बढी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment