Comments Add Comment

दर्शककी ‘ड्रिम गर्ल’ आश्मा

भोली शुक्रबारदेखि रिलिज हुन लागेको चलचित्र ‘ड्रिम गर्ल’की नायिका आश्मा गिरीलाई लाग्छ, उनलाई दर्शकले चलचित्रको पर्दामा हेर्न चाहेका छन् । वेव सिरिजमा काम गरेपछि चर्चामा रहेकी आश्माले सही समयमा आएर आफूले चलचित्रमा काम गरेको बताइन् । नायक आकाश श्रेष्ठको जोडी बनेर काम गरेकी आश्माका यो डेब्यू चलचित्र हो । यसैले पनि उनको मनमा थोरै चिन्ता र धेरै उत्साह छ ।

आकाश र आश्मासँग गरिएको ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः

चलचित्रमा काम गर्नु अगाडि आफ्नो फिटनेशमा समेत ध्यान दिएकी आश्मा अहिले पनि समय मिलाउन नसक्दा मोटाएकी छिन् । उनले चलचित्रको छायांकन सकिएपछि आफू ५ केजी मोटाएको बताइन् ।

यो चलचित्रले प्रेमको भाषा बोल्ने उनको भनाई छ । चलचित्रको बारेमा आश्माले भनिन्-‘मलाई थाहा छैन यो चलचित्र हेरेर दर्शकले मलाई डि्रम गर्ल सोच्नु हुन्छ या हुँदैन । तर, दर्शकले चलचित्रमा आफूलाई पाउनुहुन्छ । आफूले माया गरेको व्यक्तिलाई पाउनका लागि कतीसम्म त्याग गर्न सकिन्छ भन्ने कथा चलचित्रमा छ ।’

ऋषिराज आचार्यको निर्देशनमा तयार भएको चलचित्रको व्यापारले आफूलाई धेरै नै फरक पार्ने उनले बताइन् ।

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment