+
+
Shares

कृषकले तरकारी खेती गर्न छाडेपछि व्यवसायी नै उत्पादनमा

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर ७ गते १३:३३

७ मंसिर, झापा । विभिन्न रोगका कारण उत्पादन घटेर किसानले तरकारी खेती गर्न छोडेपछि पुख्र्यौली पेशाका रुपमा तरकारी मन्डी चलाउँदै आएका दमकका एक व्यवसायीले लिजमा जमिन लिएर तरकारी फर्म सञ्चान गर्न थालेका छन् ।

किसानले तरकारी उत्पादन हुन छाडेको भन्दै बजारमा तरकारीको अभाव खड्किएसँगै झापाको चारालीमा तरकारी मन्डी चलाउँदै आएका दमक—६ का पप्पु चौधरीले बुद्धशान्ति—६, शान्तिनगरमा ३२ रोपनी जग्गा लिजमा लिएर विभिन्न जातका तरकारीको उत्पादन सुरु गरेका हुन् ।

गत साउन महिनाबाट सुरु गरिएको फर्ममा अलराउण्ड, हजार सन्ताउन्न, कविता, गौरव, ५ सय ५५ लगायतका जातको टमटार, काउली, पिपल र पाली जातको करेला, सागर जातको भेडे खुर्सानी रोपिएको छ । मल्चिङ्ग प्रविधिमा खेती गरिएको यस फर्ममा दैनिक ९/१० जना मानिसले रोजगारी पाएका छन् । अग्र्यानिक रुपमा सञ्चालन गरिएको फमलाई व्यवसायिक फर्मको रुपमा अगाडी बढाएर स्थानिय कृषकलाई उत्प्रेरण जगाउने चौधरीले बताए ।

एउटै जातको तरकारी धेरै उत्पादन गर्दा बजारको अभाव हुने भएकाले सबै जातका तरकारी रोपिएको उनले बताए । कर्मा ग्रुप अफ कम्पनीले प्रविधिक सहयोग गरिरेको फर्ममा बेक्टेरियल व्युल्डका कारण केही टमाटरको बोट मरेको छ । बेक्टेरियल व्यूल्डका उपचार नहुने चौधरीको भनाइ छ ।

‘जुन जातको टमाटरमा लाग्दैन, त्यही लाउने प्राविधिको सल्लाह अनुसार ट्रायलको रुपमा धैरै जात रोपेको हुँ’, चौधरीले भने । शान्तिनगरमा पहिलो पटक भेडे खुर्सानी लगाएको र राम्रो फसल दिइरहेको चौधरीले बताए । किरा मार्नलाई बिषादीको साटो ट्राप प्रयोग गर्ने गरेका छन्, उनले । ट्राप एउटा पहेलो स्टिकर हो, जसमा प्रयोग गरिएको गममा भाले किरा आर्कषित भएर टाँसिने र भाले किरा भएकोमा पोथी गएर टाँसिने गर्छन् ।

उर्वरभूमी र सिचार्इँको सुविधा भएको शान्तिनगरलाई केही वर्ष पहिलासम्म तरकारीको पकेट क्षेत्रको रुपमा चिनिने गरिएको थियो । लगातार जमिनमा एउटै तरकारीको खेती, अत्याधिक विषादीको प्रयोग आदिका कारण तरकारीको उत्पादनमा कमी आएको स्थानीय बताउँछन् ।

गाउँका धैरै युवा विदेशिएका कारण सिजनको बेलामा काम गर्ने मासिको अभाव हुने गरेको छ । महिलालाई दैनिक ३ सय ५० र पुरुषलाई ५ सय रुपैयाँ हाँजिरा दिने गरेको कृषिफमले केहीलाई मासिक २० हजार तलब दिएर राखेको चौधरीले बताए ।

शम्भु  दाहालबाट 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?