७ मसिर, काभ्रे । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षामा व्यवसायिकताको भन्दा पनि व्यापारीकरणको खतरा बढ्दै गएको बताएका छन् । काभ्रेको धुलिखेलमा काठमाडौ विश्वविद्यालयको २४ औं दीक्षान्त समारोहमा उनले शिक्षाको क्षेत्रमा अहिले विभिन्न समस्या थपिदै गएको बताएका हुन् ।
‘सबै युवाहरु उच्च शिक्षाको पहुँचमा पुग्न नसकेको यथार्थ हामीबीच रहेको नै छ, त्यसमा पनि प्राविधिक शिक्षामा झनै कम छ’, उनले भने, ‘शिक्षामा गुणस्तर खस्कदो छ, अप्राविधिक शिक्षाले बेरोजगार शिक्षितको संख्या बढ्दैछ, उच्च शिक्षाका लागि जिम्मेवारसंस्थाहरु आफ्नो कर्तव्य र जिम्मेवारबाट च्यूत हुदै जाने डरलाग्दो अवस्था बन्दै गरेको छ ।’
कुनै अध्ययन, योजना रेखाङ्कन विना नै यस क्षेत्रमा लगानी पनि बढेको भन्दै उनले उच्च शिक्षामा रहेको ब्यापारीकरण तोड्नुपर्ने बताएका हुन् ।
१५ सय ५५ मेडिकलका विद्यार्थी दीक्षित
काठमाडौ विश्वविद्यालयको २४ औं दीक्षान्त समारोहको पहिलो चरणबाट १ हजार ५ सय ५५ जना दीक्षित भएका छन् । स्कुल अफ मेडिकल साइन्स अन्तर्गत डिएम/एमसिएच तहका ५ जना एमडि/एमएस/एमडिएस तहका एक सय ९३ जना, एमविविएस तहका ९ सय ६९, विडिएस तहका १ सय ६६ जना दीक्षित भएका छन् ।
त्यस्तै विएस्सी नर्सिङ तर्फका १ सय ८२, व्याचलर्स अफ फिजियोथेरापी तहका २२ जना,व्याचलर अफ नर्सिङ साइन्स तहका १८ जना रहेका छन् ।
जसमध्ये ९ सय ८ जना पुरुष र ६ सय ४७ जना महिला हुन् भने १ सय ६१ जना विदेशी विधार्थी रहेका काठमाडौ विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सका डिन डा. राजेन्द्र कोजुले जनाकारी दिए । हालसम्म मेडिकल शिक्षामा १३ हजार ७ सय १९ जना काठमाडौ विश्वविद्यालयबाट दीक्षित भइसकेको उनले बताए ।
प्रतिक्रिया 4