Comments Add Comment

विश्व बैंकको ‘डुइङ विजनेस’ प्रतिवेदनमा सरकारको आपत्ति

७ मंसिर, काठमाडौं । नेपालको ‘डुइङ बिजनेस’ कमजोर हुँदै गएको दावीसहितको विश्व बैंकको प्रतिवेदनप्रति परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आपत्ति जनाएका छन् ।

जापानको साताव्यापी भ्रमणपछि शुक्रबार स्वदेश फर्किएका उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँगको कुराकानीमा विश्व बैंकको सो प्रतिवेदन यथार्थपरक नरहेको भन्दै यसबारेमा सरकारले विश्व बैंकको ध्यानाकर्षण गराएको पनि बताए ।

उनले नेपाल व्यापार र लगानीको दृष्टिले गत वर्षभन्दा नीतिगत, कानुनी प्रबन्ध, संरचनालगायतका सबै दृष्टिले सुधारोन्मुख रहेको दावीसमेत गरे ।

विश्व बैंकले केही दिन अघि सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेपाल व्यापार व्यवसायका लागि सहज देशमध्ये (डुइङ विजनेसमा) १ सय १० औं स्थानमा छ । अघिल्लो वर्ष १ सय ५ औं स्थानमा थियो । सोही प्रतिवेदन यथार्थपरक नभएको भन्दै अर्थमन्त्री डा. युवराज खतिवडाले पनि असन्तुष्टि जनाइसकेका छन् ।

परराष्ट्रमन्त्री ज्ञवालीले आफ्नो जापान भ्रमण सफल रहेको दावी समेत गरे । उनले आफ्नो जापान भ्रमणबाट दुई देशबीचको सम्बन्ध अझ उचाइमा पु¥याउन योगदान पुग्ने विश्वास समेत व्यक्त गरे ।

जापानका परराष्ट्रमन्त्री तारो कोनोको निमन्त्रणामा मन्त्री ज्ञवाली गत मंसिर १ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जापान गएका थिए । भ्रमणका क्रममा जापानले नेपालको खाद्य सहायता कार्यक्रमका लागि ३ सय ५० मिलिनियम जापानी यान बराबारको अनुदान सहायता उपलब्ध गराउने सम्झदारी पत्रमा पनि हस्ताक्षर भएको छ ।

मन्त्री ज्ञवालीले जापानी समकक्षी कोनोले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको पनि जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment