
News Summary
Generated by OK AI. Editorially reviewed.- मदन–आश्रित स्मृति प्रतिष्ठानको अध्यक्षमा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली चयन भएका छन्।
- प्रतिष्ठानको ३१औं साधरण सभाबाट ज्ञवाली अध्यक्ष चयन भएका हुन् र यसअघि अध्यक्ष प्रदीप नेपाल थिए।
- उपाध्यक्षमा रामेश्वर फुयाँल, सचिव मधु तिमल्सिना र कोषाध्यक्ष सरोज दाहाल चयन भएका छन्।
२३ साउन, काठमाडौं । मदन–आश्रित स्मृति प्रतिष्ठानको अध्यक्षमा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली चयन भएका छन् ।
प्रतिष्ठानको ३१औं साधरण सभाबाट ज्ञवाली अध्यक्ष चयन भएका हुन् । यसअघि यो प्रतिष्ठानका अध्यक्ष प्रदीप नेपाल थिए । नेपालको निधन भएपछि रिक्त पदमा ज्ञवाली चयन भएका हुन् ।
एमाले स्कूल विभाग प्रमुख रहेका ज्ञवाली प्रतिष्ठानको सदस्य थिए । ‘प्रदीप नेपालले नेतृत्व गरिरहेको प्रतिष्ठानलाई नेतृत्व गर्ने व्यक्ति उच्च तहकै हुनुपर्छ भनेर प्रदीप ज्ञवालीलाई अगाडि बढाइएको हो’, प्रतिष्ठानका सदस्य सन्तोष खड्काले भने ।
बाँकी पदाधिकारी र सदस्य भने लगभग पुरानै कायम भएका छन् । उपाध्यक्षमा रामेश्वर फुयाँल, सचिव मधु तिमल्सिना र कोषाध्यक्ष सरोज दाहाल चयन भएका छन् ।
प्रतिक्रिया 4