जब तपाई सानो हुनुहुन्थ्यो, तब विद्यालयमा अक्सर सुन्नुहुन्थ्यो, ‘राम्रो वा असल बच्चा कस्तो हुन्छ ?’
ओंठसम्म औंला पुर्याएर भलाद्मी चालमा भन्नुहुन्थ्यो, ‘यस्तो ।’
अब प्रश्न यस्तो पनि हुन्छ कि, ‘राम्रो आमाबुवा कस्तो हुन्छ ?’ जवाफ त्यसरी नै दिनुहोस् जसरी बाल्यकालमा ओंठमा औला दबाएर झटपट भन्नुहुन्थ्यो ।
त्यही आमाबुवा, जो हरेक सुखदुखमा साथ दिन्छ ? जो एक साथी झै व्यवहार गर्छ ? जो पारिवारिक परम्परा, प्रतिष्ठा र अनुसानको मुड बनाइराख्न प्रेरित गर्छ ?
अझ बच्चाको छायाँ जस्तै बनेर हरपल साथै रहन्छ ?
विद्यालयमा साथीसँग खेलिरहँदा, ब्वाइफ्रेन्ड, गर्लफ्रेन्डसँग पार्कमा टहलिरहँदा, सिनेमाघरमा सिनेमा हेरिहँदा, कुनै खेल खेलिरहँदा हरक्षण छोराछोरीलाई ‘ड्रोन’ले जस्तै निगरानी गरिरहने बुवाआमा ठिक हो ?
खासमा आमाबुवाको यस्तो प्रवृत्तिलाई ‘हेलिकोप्टर प्यारेन्टिङ’ भनिन्छ । यो भनेको, छोराछोरीलाई आफ्नो छत्रछायाँमा हुर्काउनुमात्र होइन, उनीहरुको हरेक काम, समस्या आदिको भार बोकिदिनु पनि हो ।
छोराछोरी हाम्रा ‘मुटुका टुक्रा’ हुन् । यसर्थ उनीहरुले कुनैपनि दुख नझेलोस्, कुनै चुनौती उठाउन नपरोस्, कुनै समस्याको सामना गर्नु नपरोस् भनेर हामी कामना गर्छौं । चाहन्छौं । तर, यस किसिमको अभिभावकत्वले छोराछोरीलाई कस्तो बनाउँछ ? के उनीहरु जीवन जिउनका लागि सक्षम हुन्छन् ? कुनै चुनौती मोल्न तयार हुन्छन् ? कुनै दुखको सामना गर्ने सामाथ्र्य बनाउँछन् ?
जब छोराछोरीको ‘केयर’ अर्थात ख्यालबिचार गर्ने चक्करमा उनीहरुकै अघिपछि लागिन्छ, तब छोराछोरी हदैसम्मको परनिर्भर हुन्छन् । सुन्दा तितो लाग्छ, तर यस्ता आमाबुवा छोराछोरीको भविष्यका लागि अभिभावक होइनन्, बरु सत्रु हुन् ।
हेलिकोप्टर प्यारेन्टिङ
हुन त यो शब्दावली (हेलिकोप्टर प्यारेन्टिङ) पहिलो पटक सन् १९६९ मा आएको थियो । डा. हेम गिनोट्टले आफ्नो किताब ‘प्यारेन्ट्स एन्ड टीनएजर्स’मा यसको प्रयोग गरेका थिए ।
किताबमा एक बच्चाले भन्छ, ‘मेरा आमाबुवा हेलिकोप्टरजस्तै मलाई निगरानी गर्छ ।’ सन् २०११ मा यो शब्दलाई शब्दकोशमा राखियो ।
हुन त आफ्नो बच्चाका साथमा हरक्षण रहने वा निगरानी गर्ने अभिभावकको प्रवृत्तिलाई यो शब्दावलीले मात्र सम्बोधन गरिदैन । यसलाई कोस्सोटिंग प्यारेन्ट, बुलडोज प्यारेटिङ पनि भनिन्छ ।
अब इतिहास छाडौं, बर्तमानको कुरा गरौं ।
तपाई/हामी पनि बच्चाको हेरचाह गर्छौं । रेखदेख गर्छौं । ख्याल राख्छौं । तर, कतिबेला त्यो व्यवहार ‘हेलिकोप्टर प्यारेन्टिङ’ हुन्छ ?
यसलाई सम्झाउनका लागि एक हाजिरीजवाफ खेलौं ।
– बच्चा फुर्सदमा के गर्छन् ? के यो कुरा हरक्षण तपाईले नै तय गरिदिनुहुन्छ ?
– बच्चालाई सोध्दै नसोधी उनीहरुलाई कस्तो लुगा लगाइदिने भनेर तयारी गरिदिनुहुन्छ ?
– तपाई आफ्नो बच्चाले दिनभर के गर्यो, के गर्दैछ भन्ने कुरामा चासो लिइरहनुहुन्छ ? वा बच्चासँग दिनभरको कामको हिसाब-किताब लिनुहुन्छ ?
– बच्चा डराउँछ भनेर कुनै खेल खेल्न, कुनै कुरा हेर्न बन्देज लगाउनुहुन्छ ?
– तपाई चाहनुहुन्छ ? हरक्षण बच्चाको ख्याल राख्नुपर्छ भनेर ?
एकपटक यो प्रश्न दोहोर्याउनुहोस् । यदी प्रश्नहरुको उत्तर ‘हो’ भने तपाई संभवत ‘हेलिकोप्टर प्यारेन्टिङ’ गर्नुहुन्छ ।
विज्ञहरु भन्छन्, ‘तिमी जहाँ जहाँ हुन्छौं, त्यही मेरो छायाँ हुनेछ’ भन्ने खालको अभिभावकको रवैया नै ‘हेलिकोप्टर प्यारेन्टिङ’ हो । पछिल्लो समय अभिभावकमा यो प्रवृत्ति बढेको छ । हुन त यसको कारण अहिलेको असुरक्षा भाव पनि हुनसक्छ । किनभने अहिले समाजमा बालबच्चाहरु असुरक्षित हुँदै गएका छन् । उनीहरुमाथि विभिन्न किसिमको हिंसाजन्य व्यवहार हुँदै आएको छ ।
के हुन्छ यसको खतरा ?
हेलिकोप्टर प्यारेन्टिङको खतरा के हुन्छ ? तपाई ठान्नुहुन्छ, मैले बच्चाको राम्रो ख्याल राखे । हेरविचार गरें । मेरा छोराछोरी सुरक्षित छन् । तर, यसको साइड इफेक्ट भयानक छ ।
– बच्चाको आत्मविश्वास एकदम कमजोर हुन्छ ।
– बच्चा डरपोक हुनसक्छ ।
– बच्चामा निर्णय लिने क्षमता हुँदैन ।
– आफु स्वयम् नयाँ केही गर्ने वा केही नयाँ सिक्ने क्षमता हुँदैन । ्
– भावनात्मक रुपले कमजोर हुन्छ ।
– अचानक हुने कुनैपनि घटनालाई कसरी सामना गर्ने भन्ने मानसिक तयारी हुँदैन ।
– साथीभाईसँग कसरी घुलमिल हुने, नयाँ चुनौती कसरी सामना गर्ने भन्ने कुरामा असक्षम हुन्छन् ।
– आफै केही गर्दैनन्, केवल अरुको भर पर्छन् ।
– बच्चा एकदम परनिर्भर हुन्छन् ।
अक्सर आमाबुवालाई के लाग्छ भने, मेरा बच्चा सानै छन् । बच्चा हुर्किएपनि उनीहरु सानै छन् भन्ने लाग्छ र त्यही अनुरुप व्यवहार गर्छ । तर, जब जब बच्चा बढ्दै जान्छ, उनीहरुका लागि पनि स्पेश वा खाली ठाउँको आवश्यक्ता हुन्छ । स्वतन्त्रताको आवश्यक्ता हुन्छन् ।
खासगरी सिंगल चाइल्डका अभिभावकमा यस किसिमको समस्या आउनसक्छ ।
के छ त समाधान ?
‘मैले यो गरें’ । यस भाव आफ्नो बच्चाको मनमा आउनु एकदम जरुरी छ । बच्चा के गर्छ, के गरिरहेका छन् भन्ने कुरामा निगरानी गरिरहन छाड्नुहोस् । कतिपय कुरामा बच्चालाई आफ्नै निर्णय गर्न दिनुपर्छ । उनीहरु स्वतन्त्र रुपले स्वेच्छाले खेल्न, काम गर्न दिनुपर्छ ।
बच्चालाई क्रमस आफ्नो काम आफै गर्न, आफ्नो निर्णय आफै लिनमा अभ्यस्त गराउनुपर्छ । कतिपय काममा उनीहरुकै सल्लाह लिनुपर्छ । उनीहरुले गरेको निर्णयलाई सदर गरिदिनुपर्छ । र, सधै आमाबुवा उनको अघिपछि लाग्नु हुँदैन ।
-सोचेर तय गरिदिनुहोस् कि, तपाईको सहयोग बिना बच्चा के के गर्न सक्छ ?
-वेपरवाह र निगारनीबीच सन्तुलन बनाउनुपर्छ ।
– सही र गलतको फरक छुट्याइदिनुपर्छ ।
– बच्चा एक कदम अघि बढ्न सकोस्, त्यसकारण तपाई एक कदम पछि हट्नुहोस् ।
– बच्चाले चुनौती लिन्छ भने तपाई त्यसमा रोकटोक नगर्नुहोस् ।
– बच्चाको उमेर अनुसार उनीहरुलाई कति स्पेश वा छुट दिने भन्ने कुरा तय गर्नुहोस् ।
– बच्चालाई आदेश दिनुको साटो हाँसी मजाक वा आलिंगनमा बाधिने जस्तो सम्बन्ध बनाउनुपर्छ ।
– पर्फेक्ट प्यारेन्टको रुपमा राम्रो प्यारेन्ट बन्ने प्रयास गर्नुहोस् ।
हुन त अचानक वा अपर्झट बच्चा यसरी परिवर्तन हुँदैनन् । त्यसैले बच्चालाई नजानिदो हिसाबले निगारनी गरेर उनलाई खुला छाडिदिनुपर्छ । कतिपय कुराहरु आफै निर्णय लिन र गर्नका लागि छुट दिनुपर्छ ।
प्रतिक्रिया 4