Comments Add Comment

फोटो फिचर: सुन्दर, शान्त र कञ्चन ‘इन्द्रसरोबर’

यो हो कुलेखानीस्थित मानवनिर्मित इन्द्रसरोबार ताल । काठमाडौंको कोलाहलबाट मुक्ति चाहानेका लागि सबैभन्दा उत्कृष्ट र सजिलो घुमफिर स्थल । देशकै एउटा फरक गन्तब्य स्थल ।

मकवानपुरको उत्तरी क्षेत्रमा अवस्थित यो ताल जलविद्युत आयोजनाका लागि कुलेखानीमा ड्याम थुनेर बनाइएको हो । यो ताल नेपालको एक मात्रै ‘पावर ब्याकअप’ पनि हो ।

राजधानीबाट गाडीमा २ घण्टामै पुग्न सकिने भएकाले पछिल्लो समयमा यहाँसम्म पुग्नेहरु बाक्लिँदैछन् । यो अहिले महत्वपूर्ण पर्यटकीय क्षेत्र बनेको छ ।

चन्द्रागिरी पर्वतको काँखमा अवस्थिति यो तालमा पुग्दा जो कोहीलाई पनि स्वर्गको एउटा भागमा पुगेजस्तो अनुभव हुन्छ । कञ्चन, शान्त र शितल यो तालमा आफ्नो समय विचरण गर्नु आफैंमा अनुपम अनुभव हुन्छ ।

काठमाडौं नजिकैको तालमा डुंगा सयर गर्नु सबैको लागि नौलो नै हुन्छ । यस्तै वरपरको हरियाली, तालको वारीपारी चिटिक्क सजिएको मानव वस्ती पनि कम्ता सुन्दर लाग्दैनन् ।

यो तल पर्यटकीय हिसावले मात्रै महत्वपूर्ण छैन । देशलाई उज्यालो बनाउन यसको सबैभन्दा बढी योगदान छ । २ वटा आयोजना यसैमा जम्मा भएको पानीबाट चल्छन् भने अर्को एउटा आयोजना पनि परीक्षणको तयारीमा छ ।

यहाँ केजमा माछा पाल्ने पनि गरिएको छ । यही तालभित्रै जाल राखेर त्यसैभित्र माछा पालेर जीविकोपार्जन गर्नेहरु पनि धेरै छन् ।

यस्तै यहाँ आउने पर्यटकका लागि खोलिएका होटलहरु पनि स्थानयिको जीविका चलाउने माध्यम हुन् । यहाँको प्राृकतिक सौन्दर्यतासँग मन्त्रमुग्ध नहुने कमै होलान् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment