Comments Add Comment

लुम्बिनीले जित्यो तिलोत्तमा प्रिमियर लिगको उपाधि

८ मंसिर, बुटवल । तिलोत्तमा पि्रमियर लिगको उपाधि लुम्बिनी कासार्इले जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा रोयल शंकरनगरलाई ६१ रनले पराजित गर्दै लुम्बिनीले उपाधि जितेको हो ।

उपाधिसँगै लुम्बिनीले तीन लाख रूपैयाँ हात पारेको छ उपविजेता शंकरनगरले एकलाख ५० हजारमा चित्त बुझाएको छ ।

खेलमा पहिले ब्याटिङ गरेको लुम्बिनिले २० ओभरको खेलमा ८ विकेटको क्षतिमा १४६ रन जोडेको थियो । लुम्बिनीका भीम सार्कीले सर्वाधिक ६३ रन जोडे । शंकरनगरका रोहित पौडेल र सन्दिप सुनारले समान २-२ विकेट लिए ।

१४७ रनको लक्ष्य पछ्याएको रोयल शंकरनगर १६.४ ओभरमा ८५ रन बनाउँदा अल आउट भएको थियो । लुम्बिनीका बलर रुपेश कुर्मीले २.४ ओभर खेल्दै १३ रन खर्चेर दुई विकेट लिएका थिए ।

प्रतियोगितामा म्यान अफ द सिरिजको शंकरनगरका रोहित पौडेल, वेस्ट ब्याट्स म्यान मणिग्राम किङ्सका सन्दिप रजाइली, बेस्ट बलर लुम्बिनीका रुपेस कुर्मी, बेस्ट फिल्डर बुटवल डाइनामाइटसका देव खनाल, इमर्जिङ प्लेयर बुटवल डाइनामाइट्सका अभिषेक गौतम बने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment