Comments Add Comment

कसले लगायो बनेपाको डम्पिङ साइडमा आगो ?

८ मंसिर, काभ्रे । बनेपा नगरपालिकाको फोहोर फाल्दै आएको डम्पिङसाइडमा गएराति  आगो लगाइएको छ ।

आईटी पार्क अगाडि रहेको डम्पिङ साइडमा अज्ञात ब्यक्तिले आगो लगाएको हो । फोहोरमा लागेको आगोबाट निस्किएको धुँवाले बजार क्षेत्र ढाक्नुका साथै दुर्गन्ध फैलिएपछि स्थानीय आक्रोसित भएका छन् ।

डम्पिङ साइड बस्ती बीचमा छ । यसले वातावरण र मानव स्वास्थ्यमा प्रतिकुल असर पारेको भन्दै स्थानीयबासीले विरोध गर्दै आएपनि नगरपालिकाले विकल्प नभएको भन्दै फोहोर फाल्न छाडेको छैन । डम्पिङ साइडमा प्लाष्टिक, कागज र अन्य बल्ने खालको फोहोर छ ।

त्यही फोहोरमा शुक्रबार रातिबाट आगलागी भएको हो । बनेपा नगरपालिकालको मिनि दमकल विगि्रएको छ । त्यसेले छिमेकी नगरपालिका धुलिखेलबाट मिनि दमकल ल्याएर आगो निभाएको थियो । शनिबार मध्यान्हबाट पुन डम्पीङ साइडमा फोहोरमा आगो बल्न थालेको छ ।

‘धुँवाले विहान ११ बजेसम्म बजार ढाकेको थियो, स्थानीय धर्मेन्द्र कर्मचार्यले भने ‘फेरि शनिबार दिउँसोबाट आगो बल्न थालेको छ । अरुको फोहोरको दुर्गन्द हामीले कत्ति सहनु पर्ने हो ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment