Comments Add Comment

जग्गा भाडामा दिने सानोठिमी क्याम्पसको निर्णय मन्त्रीले गरे खारेज

९ मंसिर, काठमाडौं । मूल सडकसँग जोडिएको १३ रोपनी जग्गा कौडीको भाउमा भाडामा दिने सानोठिमी क्याम्पसको निर्णय शिक्षा मन्त्रालयले खारेज गरिदिएको छ ।

मन्त्रिस्तरीय निर्णयबाट क्याम्पसको निर्णय खारेज गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार यो जग्गाको स्वामित्व नेपाल सरकारसँगै छ र तत्कालीन शिक्षा मन्त्रालयको भण्डारण तथा सम्पत्ति व्यवस्थापन शाखाको २३ असार २०५२ को निर्णयअनुसार क्याम्पसलाई भोगचलनका लागि मात्र दिइएको हो ।

सस्तो मूल्यमा जग्गा भाडामा लगाएको थाहा पाएपछि स्थानीयबासी, विद्यार्थी र प्राध्यापकले विरोध गरेका थिए भने नगरपालिकाले पनि चासो देखाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment