Comments Add Comment

साराको मुस्कानमा अड्किएको अनमोलसँगको प्रेम

नायक अनमोल केसी यूवतीहरुको लागि ढुकढुकी नै छन् । अनमोल केसीको जिन्दगीमा अहिलेसम्म यूवती आएको चर्चा खासै सुनिदैन । चलचित्र ‘जेरी’ रिलिजको समयमा आना शर्मासँग उनको प्रेमको चर्चा भएको थियो । तर यसपछि अनमोल प्रेमको खबरले खासै चर्चामा छैनन् ।

अहिले नेपाली मिडियामा अनमोल केसीको प्रेमको खबर सार्वजनिक हुन थालेको छ । नायक केसी र नायिका सारा सिर्पालीविच प्रेम रहेको खबर सार्वजनिक भएसँगै उनका फ्यानहरुमा समेत कौतुहलता पैदा हुन थालेको छ । अनमोल अहिले चलचित्र ‘ए मेरो हजुर ३’को छायांकनका लागि मुस्ताङमा छन् भने सारा चलचित्र ‘सुश्री सम्पत्ती’को प्रचारमा छिन् ।

तर, नायक केसी र नायिका साराको प्रेमको खबर कसरी बाहिरियो ? नायक अनमोल केसीले सामाजिक संजाल इन्स्टाग्राममा फलो गरेका थोरै मात्र चलचित्रकर्मीमा सारा पनि पर्छिन् । यसले पनि प्रेम छ भन्ने बल मिलेको हो । अनमोलसँगको प्रेमको बिषयमा साराको जवाफ पनि परिपक्क भएको छैन ।

अनमोलसँगको प्रेमको बिषयमा सोध्दा सारा मुस्कुराउँछिन् । उनले आफूहरु साथी मात्र भएको बताएकी छिन् । अनमोलले आफ्नो चलचित्र रिलिज हुँदा शुभकामना दिएको साराको भनाई छ । तर उनको मुस्कानले पनि राजा केही छ भन्ने भान सबैमा पर्छ ।

अनमोल निकट श्रोतका अनुसार पनि उनीहरु प्रेममा नरहेर साथी मात्र हुन् । तर, चलचित्र बजारमा उनीहरुको सम्बन्ध साथी भन्दा माथि रहेको चर्चा हुन थालेको छ । हुनत, अनमोलसँग नाम जोडिदा सारालाई बढी फाइदा हुन्छ । तर, फेरि एकपटक लामो समयपछि अनमोल प्रेमको रंगमा पोतिएका भने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment