Comments Add Comment

दुई परियोजनाका लागि एडिबीले झण्डै १७ करोड ऋण सहायता दिने

१० मंसिर, काठमाडौं । एशियाली विकास बैंक (एडिबी) ले नेपालका दुई वटा परियोजनाका लागि आर्थिक सहायता उपलब्ध गराउने भएको छ ।

एडिबीले नेपालको ग्रामिण खानेपानी तथा सरसफाई परियोजना र विद्युतीय प्रशारण लाइन परियोजनाका लागि १ सय ५० मिलियन अमेरिकी डलर अर्थात झण्डै १७ करोड ऋण सहायता उपलब्ध गराउने भएको हो ।

सोमबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच अर्थसचिव डा. राजन दाहाल र एडिबीका देशीय निर्देशक मुख्तोर खामुदखानोभले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सम्झौता अनुसार एडिबीले नेपालको ग्रामिण खानेपानी तथा सरसफाई परियोजना का लागि १ सय ३० मिलियन डलर २० मिलियन डलर विद्युतीय प्रशारण लाइन परियोजनामा खर्च गर्ने गरी ऋण सहायता दिनेछ ।

निर्देशक खामुदखानोभले नेपालको दिगो विकास र पूर्वाधारका क्षेत्रमा एडिबीको सहयोग रहने बताए ।

अर्थसचिव खनालले सहयता रकमको उचित प्रयोग हुने प्रतिवद्धता जनाए । एसियाली विकास बैंकले नेपालको पूर्वधार विकासमा अनुदान तथा ऋण सहयोग गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment