+
+
Shares

वाइडवडी विमान खरिदका दोषी उम्कन पाउँदैनन् : मन्त्री अधिकारी

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर १० गते २२:१३

१० मंसिर, पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले वाइडवडी विमान खरिद प्रक्रियाका दोषी उम्कन नपाउने दाबी गरेका छन् । पोखरामा सोमबार आयोजित कार्यक्रममा उनले वाइडवडी विमान खरिद प्रक्रियामा दोषी पाइएमा जोकोही पनि कारवाहीको दायरामा ल्याइने बताएका हुन् ।

उनले भने, ‘म अहिले नै यो वा उ दोषी भनेर भन्न सक्दिन, यसको मन्त्रालय, लेखा समितिलगायत विभिन्न समितिले छानबिन गरिरहेको छ, छानबिनका क्रममा दोषी देखिए जोकोहि पनि उम्कन पाउँदैनन्, ती सबै कारबाहीको दायरामा आउँछन् ।’ उनले दोषीलाई कारबाही मात्र नभएर विमान खरिदमा भएको क्षतिको क्षतिपूर्तिसमेत तिराइने दावी गरे ।

मन्त्री अधिकारीले वाइड वडी विमान सिधै कम्पनीबाट नभई एजेन्टमार्फत खरिद गरेको पाइएको बताए । उनले विमान भाडाको मात्रै हो कि भन्ने आशंका नगर्न आग्रह गर्दै भने, ‘खरिद गरिएको बिल पेश भएको छ, विमान नेपाल भित्र्याउँदा कर तिरिएको छ, अनि त्यही बिलको आधारमा सरकार नेपाल एयरलाइन्सका लागि जमानी बसिदिएको छ र सञ्चयकोषले रकम दिनुका साथै सो रकम नेपाल एयरलाइन्सले एजेन्टलाई भुक्तानी गरेको देखिन्छ, त्यसैले विमान भाडाको नभई खरिद नै भएको प्रष्ट देखिएकाले म विमानको स्वामित्व छैन कि भनेर शंका नगर्न आग्रह गर्दछु ।’

मन्त्री अधिकारीले वाइड बडीको विषय उठाएर नेपाल एयरलाइन्सलाई असफल पार्ने षडयन्त्रसमेत भइरहेको हुनसक्ने आशंका व्यक्त गरे । अधिकारीले नेपाल एयरलाइन्सलाई सशक्त र प्रभावकारी बनाउनका लागि व्यवस्थापन फेरबदल, कर्मचारी हेरफेर वा त्यसको संयन्त्र परिवर्तन कहाँ ? के गर्दा हुन्छ त्यसको पनि पहिचान गर्ने प्रयास भइरहेको जानकारी दिए । साथै उनले नेपाल एयरलाइन्सलाई प्रभावकारी बनाउन जस्तोसुकै कदम चाल्न पनि मन्त्रालय तयार र सक्षम रहेको बताए ।

मन्त्री अधिकारीले वाइड वडी विमान खरिदमा आफू र यो सरकारको संलग्नता नरहेको जिकिर गरे । उनले भने, ‘यो सरकार भन्दा अघिल्लो सरकारले नै सबै प्रक्रिया पूरा गरेको थियो र त्यसको पैसा पनि अघिल्लो सरकारले नै दिएको हो, तर हामी नेतृत्वको सरकार आउँदा त विमान आउन मात्र बाँकी थियो, त्यसैले यो घोटाला प्रकरणमा हाम्रो कुनै संलग्नता छैन ।’

अधिकारीले विमानको उडानमा कमी हुँदा घाटामा गएपनि फेब्रुअरीपछि विमान फाइदामा जाने दाबी गरे । अन्तर्राष्ट्रिय नागरिक उड्ययन प्राधिकरण (आइकाओ) को ब्ल्याक लिष्ट हटिसकेको र चाँडै युरोपियन युनियनले पनि ब्ल्याक लिष्टबाट हटाएपछि विमानको उडान बढेसँगै घाटापनि कम हुँदै जाने बताए । साथै आउँदो फेब्रुअरीबाट जापानको ओसाका र चीनमासमेत उडान हुने भएकाले त्यसपछि विमान फाइदामा जाने उनको भनाइ थियो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?