Comments Add Comment

ए डिभिजन लिगः मनाङले एपीएफ र सरस्वतीले बीबीसीसँग खेल्दै

११ मंसिर, काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज मनाङ मर्स्याङ्दी क्लबले विभागीय टिम एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्दैछ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज दिउँसो २ बजेर ३० मिनेटमा मनाङले एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्न लागेको हो । दुवै टिम जितको खोजिमा हुनेछन् ।

तीन खेलबाट शत प्रतिशत नतिजा निकाल्दै ९ अंक बनाएको मनाङ पछिल्लो समयमा निकै लयमा रहेका छन् । यता, एपीएफको भने तीन खेलमा एक खेलमा जित, एक खेलमा बराबरी र एक खेलमा हारसहित ४ अंक रहेको छ ।

त्यस्तै, आजै यही मैदानमा बिहान ११ बजे ब्रिगेड ब्वाइज क्बल (बीबीसी) ले सरस्वती युथ क्लबसँग प्रतिस्पर्धा गर्दैछ । दुवै टिम जितको खोजीमा रहनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment