Comments Add Comment

लगानीकर्ताको प्रदर्शन प्रभावः आइतबारदेखि अनलाइन तालिम

११ मंसिर, काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले आगामी आइतबारदेखि अनलाइन ट्रेडिङ सम्बन्धी तालिम दिने भएको छ । सोमबार प्रदर्शनका लागि नेपाल स्टक एक्सचेञ्ज पुगेका पुँजी बजारका लगानीकर्ताहरुलाई प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले आगामी आइतबारदेखि अनलाइन ट्रेडिङ सम्बन्धी तालिम प्रदान गर्ने प्रतिवद्धता जनाएका हुन् ।

अनलाइन कारोबार प्रणालीमा विभिन्न समस्या देखिएको र त्यसले सेयर बजारमा ठूलो असर गरेको भन्दै पुँजी बजार लगानीकर्ताहरुका विभिन्न ४ वटा संगठनहरुको संयुक्त आयोजनामा सोमबार नेप्से कार्यालयभित्रै प्रदर्शन गरिएको थियो ।

नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल, नेपाल इन्भेष्टर फोरमका उपाध्यक्ष छोटेला रौनियार, सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्याल र नेपाल पुँजी बजार संघका अध्यक्ष नवराज सुवेदीले आ-आफ्नो संघको नेतृत्व गर्दै प्रदर्शनमा सहभागी भएका थिए ।

सीईओ साउदले आगामी आइतबारदेखि तालिम प्रदान गर्ने र मंसिर २३ गतेदेखि पूर्ण रुपमा अनलाइन ट्रेडिङ हुने प्रतिवद्धता जनाए पछि लगानीकर्ताहरुले आन्दोलनको कार्यक्रमहरु फिर्ता लिएको नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष पोखरेलले बताइन् ।

तालिम लगत्तै अनलाइन ट्रेडिङका लागि लगानीकर्ताहरुको हातहातमा युजर नेम र पासवर्ड समेत उपलब्ध गराउने सीईओ साउदले प्रतिबद्धता जनाएको अध्यक्ष पोखरेलले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment