Comments Add Comment

फिल्म असफल भएपछि आमिरले मागे माफी

बलिउडका सफल नायक आमिर खानका लागि यो बर्ष राम्रै झट्का लाग्यो । यो बर्ष उनले अभिनय गरेको महंगो बजेटको चलचित्र ‘ठग्स अफ हिन्दुुस्तान’ बक्स अफिसमा असफल भयो । यसले आमिर खानको करिअरलाई नै संकटमा पारेको चर्चा समेत चल्ने गरेको छ ।

चलचित्र रिलिज भएको करिब ३ सातापछि नायक खानले दर्शकसँग माफी मागेका छन् । उनले भनेका छन्–‘जुन जुन दर्शक यो चलचित्रप्रति एउटा आशा लिएर हलमा पुग्नु भएको थियो, उहाँहरुसँग म माफी माग्न चाहन्छु । उहाँहरुले चाहे जस्तो इन्टरटेन्मेन्ट मैले चलचित्रबाट गराउन सकिनँ ।

चलचित्र असफलताको पुरा जिम्मेवारी म लिन्छु । म मैले काम गर्ने चलचित्रलाई बच्चाको जस्तै माया गर्छु ।’ आमिरले अगाडि भने–‘चलचित्र दर्शकको सोच अनुसार नभएकोमा म माफी चाहन्छु । मलाई लाग्छ कि हामीबाट केही गल्ती भएको छ । तर, केही मान्छेलाई यो चलचित्र निकै मन परेको पनि थियो ।’

विजयकृष्ण आचार्यको निर्देशनमा तयार भएको यो चलचित्रमा आमिर खानको साथमा अमिताभ बच्चन, कट्रिना कैफ लगायतका कलाकारको अभिनय थियो । तिहारमा रिलिज भएको यो चलचित्र भारतीय बक्स अफिसमा १ सय २५ करोडमै खुम्चिएको छ । यो चलचित्र ३ सय करोडको बजेटमा निर्माण भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment