Comments Add Comment

आन्टी सिन्ड्रोमः तपाई पनि शिकार हुनुहोला है ?

एक रमाइलो प्रसंग छ । प्रसंग बलिउडकी चर्चित कोरियोग्राफर (निर्देशक पनि) फराह खानको हो । एक रियलिटी शोको क्रममा उनलाई एक बच्चाले ‘आन्टी’ भनेर सम्बोधन गरे ।

फराहले मुख थुन्न सकिनन् । उनले तुरुन्तै ‘आन्टी’ शब्दप्रति आपत्ति जनाइन् । उनले भनिन्, ‘डोन्ट कल मि आन्टी । हो, म तीन बच्चाकी आमा हुँ, तर मेरो उमेर त्यती धेरै भएको छैन कि तिमीले मलाई आन्टी देख्छौ । मलाई दिदी भन, बरु त्यो राम्रो लाग्छ ।’

तीन बच्चाकी आमाले त आफुलाई ‘आन्टी’ भनेको रुचाउँदैन भने, तपाई किन रुचाउनुहुन्छ ?

उमेर बढेसँगै हाम्रो अनुहार, शरीर आदिमा त्यसको संकेत देखिन थाल्छ । त्यही संकेतले देखाउँछ, हाम्रो जवानी निखि्रदै गएको । हाम्रा वैंश ढल्किदै गएको । अनुहारमा चाहुरीका रेखाहरु देखिन थाल्छ । दाग-धब्बा देखिन थाल्छ । अन्ततः हामीलाई गर्ने सम्बोधन फेरिन्छ ‘दाजु/दिदी’ हुँदै ‘आन्टी/अंकल ।’

कसैलाई मनपर्दैन आफुलाई ‘बुढो’ वा ‘पाको’ बनाएर सम्बोधन गरेको । तर, उमेरको प्रवाहलाई हामी रोक्न सक्दैनौ । हरेक पलपल हाम्रो उमेर छोटिदै जान्छ । हामी किशोर, युवा, वयस्क हुँदै बुढ्यौलीतर्फ गइरहेका हुन्छौ ।

यद्यपी यसलाई हामी सहजै आत्मसात गर्न सक्दैनौ । हामीलाई लाग्दैन कि, ‘मेरो उमेर ढल्कदैछ ।’ अधिकांशमा यस किसिमको सोचाई हुन्छ । उनीहरु आफुलाई आफ्नो वास्तविक उमेरभन्दा कम उमेरका ठान्छन् । खासमा यो एक मनोरोग हो । यसलाई ‘आन्टी सिन्ड्रोम’ भनिन्छ ।

क्षण-क्षण ढल्कदै गएको उमेरलाई नियन्त्रण गर्ने यन्त्र हामीसँग छैन । जिन्दगी क्रमस गुजि्रदै गइरहेको हुन्छ । यसरी आफ्नो उमेर गुजि्ररहेको भयले खासगरी महिलाहरुलाई अत्याउने गर्छ । अतः ‘आन्टी सिन्ड्रोम’को अवस्थाबाट बच्नका लागि विशेष प्रयास जरुरी हुन्छ ।

ढल्कदै गएको उमेरलाई त रोक्न सक्दैनौ । यो हाम्रो हातको कुरा होइन । तर, आफ्नो सौन्दर्यलाई कायम राख्न भने सक्छौं । यो हाम्रै हातको कुरा हो ।

कसैले ‘आन्टी’ भनेर सम्बोधन गर्छ भने त्यसलाई खण्डन गरिरहनुभन्दा बरु आफुलाई परिवर्तन गर्ने यत्न पर्छ । किनभने उनीहरुले हामीमा जे देख्यो, त्यही भन्यो । अर्थात हाम्रो रुपरंग कस्तो अवस्थामा छ भन्ने सकेत देखाइदियो । यो यर्थाथलाई हामीले पचाउनै पर्छ । र, यो कुरालाई गंभिरतापूर्वक लिनुपर्छ, ताकि अनुहारमा बुढ्यौलीका संकेतहरु नियन्त्रण गर्न सकियोस् ।

आन्टी त्यही महिलालाई भनिन्छ, जो फिट एन्ड फाइन त  रहन चाहन्छन्, तर त्यसका निम्ति प्रयास गर्दैनन् । तपाईको चाहना र कामबीच जति अन्तर आउँछ, तनाव उत्तिनै बढ्छ । र, यसले विकास गर्छ मनरोग ।

फिटनेस क्रेजी बन्नुहोस्

पचास बर्ष कटेर पनि कति महिला फिट एन्ड फाइन देखिन्छ । सरस र फिटनेस क्रेजी रहेर यो सौन्दर्यलाई बचाइराख्न सकिन्छ ।

नियमित र समुचित व्यायामलाई जीवनको एउटा हिस्सा बनाउनुहोस् । यस्तो दिन नहोस्, जुन दिन तपाईले व्यायाम गर्नुभएन । योग गर्नुभएन । प्राणायाम गर्नुभएन ।

जसरी नियमित रुपमा शौच क्रिया गरिन्छ, जसरी खाना खाइन्छ । उसैगरी नियमित रुपमा व्यायाम पनि गरौं । व्यायामले शरीर फिट एन्ड फाइन रहन्छ । रक्तसंचार राम्ररी हुन्छ । शरीरका भित्री अंगको कार्य-संचालन समुचित ढंगले हुन्छ ।

यससँगै अनुहार, कपालको स्यहारमा ध्यान दिनुपर्छ । मेकअप कस्तो गर्ने, पहिरन कस्तो लगाउने भन्ने कुरामा सचेत रहनुपर्छ । शरीर सुहाउँदो फेसनले पनि हामीलाई जवान र तन्दुरुस्त देखाउँछ ।

कस्मेटिक होइन प्राकृतिक सौन्दर्य

अहिले सजिलो छ, चाहुरी लुकाउन । दागधब्बा ढाकछोप गर्न । फुलेको सेतो कपाललाई कालो बनाउन ।

गल्ली गल्लीमा व्युटी पार्लर खुलेका छन् । बजारभरी सौन्दर्य प्रसाधन छन् । यतिधेरै सामग्री र सेवा उपलब्ध हुँदाहुँदै किन व्यायाम गर्ने ? किन ताजा र पौष्टिक खानेकुरा खाने ? किन योग-ध्यान गर्ने ? किन सरसफाई गर्ने ?

संभवत धेरैलाई यस्तै सोंच आउनसक्छ । हो, क्रिम पाउडर लगाएर, पार्लर धाएर पनि अनुहारलाई चम्काउन सकिन्छ । तर, यो क्षणिक हो । यसरी कृतिम ढंगले आफ्नो सौन्दर्य कायम राख्न सकिदैन । आफ्नो सौन्दर्य कायम राख्नका लागि प्राकृतिक विधी नै दिगो र भरपर्दो हुन्छ ।

यसर्थ क्रिम लगाउने, पार्लर धाउने कुरालाई भन्दा चाडै उठ्ने, पानी पिउने, व्यायाम गर्ने, नुहाइधुवाई गर्ने, फलफूल खाने, ताजा खानेकुरा खाने कुरामा जोड दिनुपर्छ ।

जब हामी कृतिम तरिकाले आफ्नो सौन्दर्य बचाउने चेष्टा गर्छौं, त्यो दीर्घकालिन हुँदैन । आखिर हामी ‘आन्टी सिन्ड्रोम’को शिकार बन्ने खतरा रहन्छ ।

परिवर्तनलाई स्विकार गरौ

उमेर बढ्नु स्वभाविक हो । जब उमेर बढ्दै जान्छ, वैशालु रुपरंग उस्तै रहँदैन । किशोरवयमा जस्तो चमक रहँदैन । बढ्दै गएको उमेरलाई स्विकार गर्नुपर्छ ।

यद्यपी उमेरसँगै आफुलाई कसरी मेन्टेन गर्ने भन्ने कुरामा ध्यान दिनुपर्छ । कुन उमेरमा कस्तो गेटअप, कस्तो मेकअप, कस्तो जीवनशैली अपनाउने भन्ने कुरा जान्नुपर्छ । भुल्न नहुने कुरा त के भने, आफ्नो प्रवृत्ति, व्यवहार आदि पनि विनयी एवं विनम्र हुनुपर्छ । यसले हामीलाई खुसी दिलाउँछ । जब हामी हृदयबाटै प्रफुल्ल हुन्छौं, त्यसको प्रभाव अनुहारमा पनि पर्छ ।

अरुसँग तुलना गरेर आफुलाई कमजोर आँक्नु पनि हुँदैन । आफुमा हिनताभाव जाग्ने कुनै काम गर्नुहुँदैन । आत्मविश्वासले भरिपूर्ण हुनुपर्छ । तनावरहित हुनुपर्छ । प्रफुल्ल रहनुपर्छ । जवान र तन्दुरुस्त रहनुपर्छ । समुचित खानपान, व्यायाम, गेटअप, बडील्याङ्वेजले हामीलाई सधै जवान देखाउँछ ।

आन्टी सिन्ड्रोमः तपाई पनि शिकार हुनुहुन्छ कि ?

एक रमाइलो प्रसंग छ । प्रसंग बलिउडकी चर्चित कोरियोग्राफर -निर्देशक पनि) फराह खानको हो । एक रियलिटी शोको क्रममा उनलाई एक बच्चाले ‘आन्टी’ भनेर सम्बोधन गरे ।

यस्ता गल्ती, जसले उमेरभन्दा चाडै बुढो बनाउँछ

अक्सर हाम्रो ध्यान्न हुन्छ, कसरी सधै जवान देखिने भन्नेमा । त्यसका लागि हामी अनेक गर्छौं । पार्लर धाउँछौं, एन्टी एजिङ क्रिम लगाउँछौं । तर, जवान देखिने यस्ता काइदाहरु दीर्घकालिन हुँदैनन् ।

जवान रहनका लागि बाहिरी आवरणको मात्र ख्याल गरेर पुग्दैन । भित्रैबाट स्वस्थ्य र सुन्दर हुन आवश्यक छ । यसका लागि हामीले स्वस्थ्य, सन्तुलित, पोषिलो खानेकुरा खानुपर्छ । सरसफाईमा ध्यान दिनुपर्छ । व्यायाम गर्नुपर्छ । योगले पनि बुढोपन आउन दिदैन । छालालाई स्वस्थ्य र जवान राख्छ ।

भुल्नै नहुने अर्को कुरा, पर्याप्त निन्द्रा लिनुपर्छ । कम्तिमा सात वा आठ घण्टा मस्त निदाउनुपर्छ । किनभने अनिन्द्रा, चिन्ता, अस्वस्थ्यकर खानपान, पोषक तत्वको कमीले बुढोपन निम्त्याउने हो । शरीर रुखो हुनु, चाहुरी पर्नु, दागधब्बा देखिनुमा हाम्रो खानपान र जीवनशैली जिम्मेवार छ ।

हामी सुन्दर र जवान देखिन त चाहन्छौं, तर त्यसका लागि छोटो, छरितो र सजिलो बाटो अपनाउने गर्छौं । पार्लर धाउँछौं, क्रिम लगाउँछौं । जबकी यसले क्षणिक रुपमा छालालाई चम्किलो देखाउँछ, चाहुरी हटाइदिन्छ । तर, यो दीर्घकालिन समाधान होइन ।

अतः हाम्रा कतिपय गल्ती, जसले छालालाई समयभन्दा अगाडि नै बुढो र रुखो बनाउँछ । के हुन् त ति कारण ?

अस्वस्थ्यकर खानपान

खानपानको असर शरीरमा रहन्छ । हामी जस्तो खान्छौं, त्यस्तै देखिन्छौं । स्वस्थ्य खानपान गर्ने हो भने, हामी स्वस्थ्य र तन्दुरुस्त हुन्छौं । यस्तो हुनु भनेको जवान देखिनु पनि हो । स्वस्थ्य खानपानले शरीरमा पोषक तत्व पुग्छ, पाचन यन्त्र चुस्त हुन्छ । यसको प्रभाव छालामा देखिन्छ । छाला चम्किलो, मुलायम र स्वस्थ्य हुन्छ ।

गलत खानपान गर्नु भनेको उमेरभन्दा अगाडि नै बुढो देखिनु हो । मसलेदार, चिल्लो, तारेको, भुटेको, जंकफूड, फास्टफूड आदि शरीरमा पच्दैन । त्यस्तै आवश्यक्ताभन्दा बढी खाना खानु पनि राम्रो होइन । यस्ता गल्तीले शरीरलाई जिर्ण र बुढो बनाउँछ ।

कमसल कस्मेटिक्सको प्रयोग

खासगरी महिलाहरु मेकअपलाई अनिवार्य ठान्छन् । उनीहरु घरबाहिर निस्कनुअघि मेकअप गर्छन् । नियमित रुपमा पार्लर धाइरहेका पनि हुन्छन् ।

मेकअप गर्नु गलत होइन । राम्री देखिनका लागि मेकअप उपयोगी हुन्छ । तर, कमसल एवं कम गुणस्तरको कस्मेटिक्सले छालालाई नराम्ररी क्षति पुर्‍याउँछ । क्षणिक रुपमा त त्यो आकर्षक देखिन्छ, तर कमसल कस्मेटिकसमा हुने रसायनले छालालाई रुखो, कमजोर बनाउँछ ।

बारम्बार मुख धुने बानी

अनुहार धुनु त राम्रो हो । किनभने यसले अनुहारमा जमेको फोहोर, मैलालाई हटाउँछ । अनुहारलाई ताजा राख्छ । सफा राख्छ ।

तर, राम्रो देखिनका लागि पटक पटक अनुहार धुनु पनि राम्रो मानिदैन । यसरी पटक पटक अनुहार सफा गर्दा त्यसमा रहेको प्राकृतिक पानी नष्ट हुन्छ । त्यसकारण अनुहारको छाला रुखो हुन्छ । अनुहार धुनका लागि प्रयोग गरिने साबुन, फेसवासले पनि गलत प्रभाव पार्नसक्छ ।

यद्यपी मेकअप गरिसकेपछि वा राती सुत्नुअघि मेकअप पखाल्नैपर्छ । यदि मेकअप उतारिएन भने त्यसले पनि छालालाई चाडै रुखो बनाउँछ ।

चिन्ता

यो मानसिक कुरा हो । तपाइलाई लाग्नसक्छ कि, वाहिरी सौन्दर्यमा मानसिक कुराको के साइनो ?

तर, मानसिक कुराले वाहिरी सौन्दर्यमा पनि भूमिका खेल्छ । हामी जति प्रशन्न हुन्छौं, खुसी हुन्छौं, अनुहारमा चमक आउँछ । जबकी मनभित्र कुण्ठा, पीर, चिन्ता बोक्ने हो भने हाम्रो अनुहारको चमक हराउँछ ।

अझ चिन्ता त सौन्दर्यको सत्रु नै हो । जब हामी तनावग्रस्त हुन्छौं, अनुहार पनि सुख्खा, रुखो हुन्छ । चाहुरी पर्न थाल्छ । दागहरु देखापर्न थाल्छ । हामी उमेरभन्दा चाडै बुढो देखिन्छौं ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment