+
+
Shares

राजनीतिक घोषणाले मात्र संघीयता पूर्ण हुँदैन : उपप्रधानमन्त्री पोखरेल

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर ११ गते १६:१२

११ मंसिर, विराटनगर । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले राजनीतिक रुपमा संघीयता घोषणा हुदैमा संघीयताले पूर्ण आकार लिन नसक्ने बताएका छन् ।

विराटनगरमा मंगलबार आयोजित कार्यक्रममा उनले प्रशासनिक र वित्तीय रुपमा पनि संघीयता कायम भएपछि संघीयताले पूर्णता पाउने बताए । ‘हामीले राजनितिक रुपमा मात्र संघीयता घोषणा गरेका छौ,’ मन्त्री पोखरेलले भने ‘संघीयतालाई पूर्ण आकार दिन प्रशासनिक र वित्तिय हिसावले पनि उत्तिकै आवश्यक छ, यदि प्रशासनिक र वित्तिय हिसाबले पूर्णता नपाएको खण्डमा नेपाली जनताले फेरि पनि दुःख पाउनबाट कसैले रोक्न सक्दैन ।’

उनले संक्रमणकाल सकियो भने पनि नयाँ संविधानअनुसारको कानून र संरचना निर्माण नभएसम्म संविधानका व्यवस्थाहरुले खुट्टा टेकेर हिँड्न नसक्ने बताए ।

उनले संविधानको राम्रा पक्षलाई कानुन र संरचनाको अभावमा प्रयोगमा ल्याउन नसकेकाले मुलुक अपठ्यारो स्थिति झेल्न बाध्य भएको जानकारी दिए ।

उपप्रधानमन्त्री पोखरेलले लैङ्गिक हिंसा अन्त्यका लागि ठोस र प्रभावकारी योजना बनाएर अघि बढेको खण्डमा मात्र सार्थक बन्नेमा जोड दिए ।

‘हिसांको अंशियार घरभित्र पनि हुन सक्छ, रक्षामन्त्री पोखरेलले भने ‘पिछाडापनको चिन्तनका कारण घर भित्रै हिंसाको रुप देखिने गरेको छ, तसर्थ घरदेखि समाजमा हुने हिंसाको विरुद्ध ठोस योजना बनाएर अघि बढन आवश्यक छ ।’

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सबै प्रकारको हिंसा अन्त्यका लागि प्रदेश सरकारले कठोर ढंगले कदम चाल्ने प्रतिवद्धता जाहेर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?