Comments Add Comment

शरीरको शक्ति र रहस्यः आफैभित्र यसरी खोजौं

हाम्रो शरीर अनमोल छ । अद्भूत पनि । शरीरको रचना यति अद्भूत छ कि, त्यस सम्बन्धमा धेरै कुरा थाहा नपाई हाम्रो जीवन गुज्रिन्छ । अर्थात आफ्नै शरीरको शक्ति, रहस्य र मूल्यबारे समेत हामी थाहा पाउँदैनौ ।

बाहिरी कुरा खोज्दैमा हाम्रो वैंश गुज्रिन्छ । उमेर गुज्रिन्छ ।

भित्री कुरा खोज्ने चासोसम्म राख्दैनौ । जबकी विश्वमा अहिले जे-जति भौतिक उपलब्धी भएका छन्, त्यो कुनै शरीर अझ भनौ मस्तिष्कको उपज हुन् । तर, यही शरीरभित्र के छ ? शरीरको रचना कस्तो छ ? यसभित्रका अवयवले कसरी काम गर्छ ? यावत् कुरामा हामी कतिपनि उत्सुक हुँदैनौ । बाहिरी दुनिया हेरेर तीन छक्क परेका हामी त्यो दुनियामा चमत्कार गर्ने मानव शरीरकै देन हो भन्ने कुरा बुझ्दैनौ ।

हो, शरीर अति रहस्यमयी र शक्तिशाली छ । यसले अन्न, पानीलाई शक्तिमा रुपान्तरण गर्छ । अन्न, पानी, वायु आदिको आडमा प्राण गति चलायमान रहन्छ । यो प्राण कहाँबाट, कसरी सञ्चालित छ ? हामी खोज्ने यत्न गर्दैनौं ।

शरीरभित्र एउटा ब्रम्हाण्ड नै छ । जसरी चराचर जगत एउटा अदृश्य प्रणालीभित्र रहेर चलिरहेको छ । उसैगरी शरीरभित्र पनि कुनै तत्व छ, जसले प्राणलाई चलयामान राखेको छ ।

यद्यपी शरीरको महत्व र मूल्यलाई हामी बेवास्ता गरिदिन्छौं । शरीरको शक्तीलाई कसरी जोगाउने भन्ने कुरामा कतिपनि ध्यान दिदैनौ । बरु, मनलाग्दो खान्छौं, मनलाग्दो गर्छौ । शरीरलाई यातना दिन्छौं । हामीले खाएको खाना पचाउन शरीरमा कस्तो प्रणालीले काम गर्छ ? कति शक्ति खर्च गर्छ ? यावत् कुरामा हामी पटक्कै ध्यान राख्दैनौ ।

कतिसम्म भने, हामी चिसो पानी पिउँछौं । त्यसलाई सन्तुलित तापमानमा बनाउन शरीरले आफै काम गर्छ । हामी खराब खानेकुरा सेवन गर्छौं । त्यसबाट पोषक तत्व लिएर बाँकी बेकारका पदार्थ बाहिर निकाल्ने काम शरीरले आफै गर्छ । हाम्रो शरीरमा कुनै गडबडी हुनेवाला छ, त्यसको संकेत शरीर आफैले दिन्छ ।

शरीरभित्र यति राम्रो प्रणाली स्वचालित छ । यद्यपी उक्त प्रणालीलाई अवरोध पुर्‍याउने, ध्वस्त बनाउने काम हामी गर्छौं । मदिरापान गर्छौं, चुरोट तान्छौं । पाचन यन्त्रले थेग्नै नसक्ने खानेकुरा खान्छौं । फेरी निस्त्रिmय रहन्छौं । न व्यायाम गर्छौं । न योग-ध्यान गर्छौं । न सरसफाई गर्छौं । न शुद्धिकरणका कुनै उपया खोज्छौं । हामी स्वयम् लाचार भएपछि, लापरवाही भएपछि शरीरको के लाग्छ ?

खासमा हामीले शरीर रचना र यसको शक्तिलाई जहिले पनि मनन गर्नुपर्छ । भनिन्छ नि, शरीर मन्दिर हो । हामी बाहिर मन्दिर खोज्छौ । बाहिर भगवान खोज्छौं । दुनिया चाहरेर पनि भगवान भेट्दैनौ । किनभने शरीर नै मन्दिर हो । शरीर भित्रै भगवान छ ।

शरीरलाई सही, सन्तुलित राख्ने हो भने, हामीभित्र विकार रहँदैन । विषाक्त तत्व जम्दैन । हामी स्वस्थ्य रहन्छौं । सकारात्मक रहन्छौं । सिर्जनात्मक रहन्छौं । उर्जावान रहन्छौं । राम्रो काम गर्छौ । भलो गर्छौ । खुसी बाढ्छौं ।

तर, शरीरलाई दुख दिएर, पीडा दिएर, यातना दिएर हामी कहिल्यै सुखी हुन सक्दैनौ । हामीलाई खुसी, सुख, सन्तोष सबैकुरा बाहिरी बस्तुबाट प्राप्त हुने होइन । ति सबै केवल माध्याम हुन् । वाहाना हुन् । खुसी, सुख, सन्तोष सबैकुरा हामीभित्रै छ । तर, हामीभित्र रहेका यी तत्वलाई कसरी जगाउने भन्ने कुरामा ध्यान दिनुपर्छ ।

शरीर भित्रका विकार हटाएर, शरीरलाई शुद्धिकरण गरेर नै जीवनलाई अनमोल बनाउन सकिन्छ । यसका लागि सक्रिय जीवन, सकारात्मक सोंच, सन्तुलित खानपान आवश्यक हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment