१३ मंसिर, मोरङ । गाडी खरिद गरेको ऋण तिर्न नसक्दा मोरङमा एक व्यक्तिले आफ्नै गाडीमा आगो लगाएका छन् । गाडी किनेको ऋण तिर्न नसक्दा रामेछाप मन्थली नगरपालिका– ५ का शम्भु कार्कीले बा ३ ख ८०७४ नम्वरको माइक्रो बसमा आगो लगाएका हुन् ।
चालकसमेत रहेका कार्कीको गाडी विराटनगर काकडभिट्टा रुटमा सञ्चालन हुदै आएको थियो । तर गाडी नचलेर ऋण तिर्न गाह्रो भएपछि मंगलबार राति ग्रामथान गाउपालिका– ५ को मसान चोकमा आगो लगाएका हुन् ।
गाडीमा आगो लागेको भन्ने सूचना पाएपछि अनुसन्धान सुरु गरेको प्रहरीले बिमा बापतको रकम लिनका लागि आफ्नै गाडीमा आगो लगाएको खुलेको मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक मनोज केसीले जानकारी दिए ।
गाडीमा आगो लगाएको खुलेपछि चालकसमेत रहेका कार्की र सहचालक नुवाकोट लिखु गाउँपालिका –५ का २५ को दिनेश बरुवाललाई बिहीबार पक्राउ गरी थप अनुसन्धान सुरु गरिएको केसीले बताए ।
नयाँ गाडीसँग प्रतिस्पर्धा गर्न नसकेपछि योजनाबद्ध रुपमा आगो लगाएको खुलेको केसीले बताए ।
ग्रामथान गाउँपालिका ५ को मसान चोकमा राति १० बजे अज्ञात समुहले बसमा आगजनी गरेको र मोवायल तथा अन्य धनमाल समेत लुटेको भन्दै गाडी चालकले नै प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय हरैचा र बेलवारीबाट खटिएको टोेलीले सोधपुछका लागि सहचालकलाई नियन्त्रणमा लिएको हो । चालक भने आगोले जलेर सामान्य घाइते भएका थिए । कार्कीको नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ ।
उनीहरुले आफ्नो गाडी पुरानो भई ऋण समेत चुक्ता गर्न नसकेको र बिमा लगायत अन्य क्षतिपूर्ति प्राप्त गर्ने उद्देश्यले योजना बद्ध रूपमा आफैले पेट्रोल लगाई जलाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको केसीले बताए ।
प्रतिक्रिया 4