Comments Add Comment

शहरी वातावरण सुधार आयोजनाको अनियमितता छानबिन गर्न विकास समितिको निर्देशन

१३ मंसिर, काठमाडौं । एसियाली विकास बैंकको सहयोगमा वीरगंजमा सचालित शहरी वातावरण सुधार आयोजनामा अनियमितता भएको भएको भन्दै छानबिन गर्न शहरी विकास मन्त्रालयलाई संसदको विकास तथा प्रविधि समितिले निर्देशन दिएको छ ।

बिहीबार बसेको समितिको बैठकमा शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राइन र सचिव डा. रमेशप्रसाद सिंहसँग भएको छलफलपछि समितिले वीरगञ्जमा सञ्चालित शहरी वातावरण सुधार आयोजनामा अनियमितता भएको ठहर गर्दै छानबिन गरी यथाशीघ्र प्रतिवेदन समितिलाई बुझाउन निर्देशन दिएको हो ।

समितिले छानबिनका क्रममा भेटिएका दोषीलाई कानूनी दायरामा ल्याउन समेत मन्त्रालयलाई निर्देशन दिएको छ ।

यसैगरी नयाँ शहरी वस्ती व्यवस्थापन गर्ने कार्यलाई व्यवस्थित र निश्चित मापदण्ड तयार गरी न्यूनतम भौतिक पूर्वाधारहरुको सुनिश्चितता हुने गरी प्रभावकारी कार्यान्वयन गर्न तथा शहरी वस्ती व्यवस्थापन अन्तर्गत परम्परागत वस्तीहरुको स्तरोन्नती, जोखिमपूर्ण वस्ती स्थानान्तरण गर्ने कार्य तथा नयाँ शहर निर्माणका कार्यहरु संघीयतामा कुन तहले गर्ने भन्ने सम्बन्धमा अझै अन्योलता रहेको भन्दै यसमा समेत स्पष्ट हुन समितिले निर्देशन दिएको छ ।

सरकारले लिएको लक्ष्य अनुसार काम नभएको समेत समितिले ठहर गरेको छ । सरकारको वार्षिक नीति तथा कार्यक्रमअनुरुप कार्यले गति नलिएको भन्दै यसमासमेत गम्भीर बन्न समितिले सरकारको ध्यानाकर्षण गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment