Comments Add Comment

१७ वर्षपछि विदेशबाट फर्केर फेरि आरनमै

१३ मंसिर, गोरखा । गोरखाको शहीद लखन गाउँपालिका-३ मनकामनाका गमनबहादुर बिक परिपक्क भइसकेका थिएनन्, जति बेला उनले आरनमा बुबालार्इ सघाउन सुरू गरे ।

बाउबाजेले गर्दै आएको पुर्ख्याैली पेशामा संलग्न हुन पाउँदा उनी खुशी नै हुन्थे । शायद उनले त्यही पेशालार्इ जोडेर आफ्नो भविष्य परिकल्पना गरिसकेका थिए । तसर्थ उनी कलिलै उमेरदेखि पुर्ख्याैली पेशामै रमाउन थाले ।

उनलार्इ अझै याद छ त्यो समय, जुन बेला बुबाले थुप्रै बिष्ट कमाएका थिए । काममा अनुभव बटुल्दै गएपछि उनले पनि बिष्ट कमाउन सुरु गरे । ‘गाउँमा धेरै नै बिष्ट बनाएको थिएँ, कामको पनि चाप हुन्थ्यो,’ उनले भने, ‘उनीहरुले धान, कोदो, मकैलगायतका अन्नबाली दिन्थे ।’ त्यही अन्नबालीबाट उनको गुजारा चल्थ्यो ।

३९ वर्षको उमेरसम्म उनले आरन पेशामै भविष्य खोजिरहे । विष्टहरु रिजाइ रहे । तर, बिष्टहरु पाउन छाडेपछि उनको व्यवसाय धारासायी बन्दै गयो । ‘गाउँबाट बसाइँसराइँ गरेर जाने पनि धेरै भए, बिष्टहरु पाउन समस्या भयो, काम पाउन पनि छाडियो,’ उनले भने ।

काम नपाएपछि आम्दानी भएन । विहान बेलुकीको छाक टार्न मुश्किल पर्‍यो । आफूले अंगाल्दै आएको पुर्ख्याैली पेशा धारासायी बनेपछि उनी खाडी मुलुकतर्फ पलायन भए ।

१७ वर्ष पछि स्वदेश आएका बिक अहिले पुनः पुर्ख्याैली  पेशामा फर्किएका छन् । तर, उनले सोचे जस्तो हुन सकेन ।  ‘विदेशबाट फर्किएपछि गाउँमै आरन राखे, तर काम नै पाइएन,’ उनले भने । ५८ बसन्त पारगरिसकेका उनले काम अभावकै कारण आरन छाडे । पुनः अहिले अारन संचालन गरेका छन् । तर, गाउँमा होइन, शहीद लखन गाउँपालिकाको रामशाह बजारमा । जस्ताले बारेको अस्थायी टहरा जहाँ उनको ६ जनाको परिवारले आश्रय लिदै आएका छन्, त्यही उनले आरन संचालन गरेका छन् ।

आरनमा उनी एक्लो छैनन् । उनकै आफन्त केशरबहादुर र चेतबहादुर बिकले उनलार्इ साथ दिइरहेका छन् । उनीहरु मिलेर काम गर्छन्, र आम्दानी पनि आधाआधा बाँड्छन् । ‘दिनमा जति आम्दानी हुन्छ तीन भाग लगाउँछौ, सामान किन्न परेमा पहिलै रकम छुट्याएर राख्ने गरेका छौ,’ उनले भने ।

आरन संचालनका लागि उनीहरुले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गोरखाबाट ४० हजार रकम सहयोग पाएका थिए । आरन पेशाबाट उनीहरु केही हदसम्म सन्तुष्ट नै देखिन्छन् । ‘गाउँमा भन्दा यहाँ काम बढी आउँछ, कोही भाडा अर्जाप्न आउनुहुन्छ, कोही नयाँ बनाउन आउनुहुन्छ,’ उनले भने ।

बजार नजिकै भएकाले सामान बिक्री गर्न पनि सहज भएको उनी बताउँछन् । ‘हामी दाउ, हसिया, खुर्पा, कुटो, कोदालो लगायतका सबै कृषि औजारहरु बनाउँछौ, अलि बढी दाउ बिक्री हुन्छ,’ उनले भने ।

एउटा दाउको करिब १५ सय रुपैयाँ पर्ने उनी बताउँछन् । ग्राहक आफैले फलाम ल्याएमा केही सस्तो पर्ने उनको भनाइ छ । कोइलाको लागि सामुदायिक वनबाट उनीहरुलाइ निःशुल्क सुकेका काठहरु उपलब्ध हुन्छ ।

फलामलार्इ पिटेर आकार दिनु त्यती सहज भने छैन । ‘फलाम पिटन साह्रै गाह्रो हुन्छ, फेरि यहाँ बत्तिको समस्या छ, मेन लाइन जोडिएको छैन, लाइन नभएर वेल्डिङ मेसिन चलाउन सकेका छैनौ,’ उनले भने । बिष्टहरु नहुँदा पेशामा केही असर परेको उनीहरुको बुझाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment