१४ मंसिर, काठमाडाैं । रेनोको लागि नेपालको आधिकारी वितरक एड्भान्स अटो मोवाइल कम्पनी (विसाल ग्रुप अन्र्तगतको कम्पनी) ले २५०० औं ग्राहक मनाएको छ ।
रेनोको नक्सालको शोरूममा आयोजित कार्यक्रममा रेनो इंडियाका उपाध्यक्ष थोमस डबरुएलले कारको साँचो ग्राहकहरूलाई हस्तान्तरण गरे ।
रेनो कारको मोडल रेनो डस्टर, रेनो क्याप्चर र रेनो क्विड रहेका छन् । यस अवसरमा डबरुएलले बाजारमा आफ्नो स्थिति र बाजार साझेदारीलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरे ।
उनले भने, ‘रेनोले नेपाली ग्राहकहरूलाई सस्तो मूल्यमा उत्तम प्राविधिक उत्पादन र इन्नोभेटिभ डिजाइनहरू नेपाली बजारमा पस्किरहने छ ।’
बहुराष्ट्रिय फ्रेन्च अटोमोबाइल कम्पनी रेनोले सन् २०१६मा नेपाल प्रवेश गरेको थियो । कम्पनीले नेपाली आटोमोबाइल बाजारमा शीर्ष तीन कार ब्रान्ड मध्ये एक भएको छ ।
रेनो सबैभन्दा छिटो बढ्दो कार ब्रान्ड हो र रेकर्ड समयमा प्रमुख माइलस्टोन सम्म पुग्न सक्षम भएको छ । रेनोले नेपालका प्रमुख कार ब्रान्डहरु मध्ये एकको रूपमा आफुलाई स्थापित गर्न सफल भएको छ ।
प्रतिक्रिया 4