Comments Add Comment

यु-१९ क्रिकेटर भीमलाई रेड रक्स स्पोर्टस्को प्रायोजन

१४ मंसिर, काठमाडौं । नेपाली राष्ट्रिय यु-१९ क्रिकेट खेलाडी भीम सार्कीलाई भारतीय क्रिकेट सामग्री उत्पादन कम्पनी रेड रक्स स्पोर्टस्ले प्रायोजन गरेको छ ।

रेड रक्स स्पोर्टस् कम्पनीले शुक्रबार नेपालका भीम सार्कीलाई तीन वर्षका लागि सम्झौता गरेको हो । सम्झौता पत्रमा भिम र कम्पनीका प्रतिनिधि सुवास राजपुतले हस्ताक्षर गरे । सम्झौतासँगै भीमले अबको तीन वर्षसम्म क्रिकेट खेल्दा आवश्यक पर्ने सबै सामग्री रड रक्स स्पोर्टस्बाट प्राप्त गर्ने छन् ।

सम्झौतापछि कम्पनीका प्रतिनिधि सुवासले भीमको क्षमता देखेर उनलाई प्रायोजन गरेको जानकारी दिए । त्यस्तै, भिमले आफूलाई पहिलो पटक प्रायोजन मिलेकोमा खुशी रहेको बताउँदै आगामी दिनमा राम्रो खेल्ने प्रतिबद्धता दिए ।

सम्झौता कार्यक्रममा नेपालका कप्तान पारस खड्का तथा दक्षिण अफ्रिकाका पूर्व खेलाडी जोन्टी रोड्स पनि उपस्थित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment